स्वस्तिका ढकालको पहिलो गीत नै यति रोमान्टिक

१३ श्रावण २०७७, मंगलवार १३:५७
Featured Video Play Icon

मकवानपुर, १३ साउन । नेपाल आईडलबाट चर्चामा आएकी स्वस्तिका ढकालको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । स्वस्तिकाको ‘कसले भन्यो तिमीलाई’ बोलको गीत सोमबार द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै यसको चर्चा चुलिँदै गएको छ । गीतलाई मनपराएर यसलाई लाईक गर्ने र कमेन्ट गर्नेहरुको संख्या पनि निरन्तर उकालो चढिरहेको छ ।

चर्चित गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको हो । गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ । अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई स्वस्तिकाले नै परिकल्पना गरेकी हुन् । भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् । गीत सार्वजनिक भएसँगै स्वस्तिकाले फेसबुकमार्फत लाईभमा आउँदै दर्शक श्रोतालाई भिडियो हेरेर सहयोग गरिदिन आग्रह गरेकी छिन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर सर्वाधिक चर्चामा आएकी स्वस्तिका मकवानपुरको हेटौँडा ८ कमाने निवासी हुन् । २३ वर्षीया स्वस्तिकाले सानैमा विद्यालयमा अध्ययन गर्दाको समयदेखि नै साँगितिक क्षेत्रमा आफुलाई अगाडि बढाएकी थिईन् । संगितको औपचारिक शिक्षा नलिएता पनि उनले सानैमा सिकेको बालगीतसँगै उनको संगीतको यात्रा अघि बढेको थियो । स्वस्तिका संगीतलाई पिडा भुलाउने थेरापीका रुपमा परिभाषित गर्छिन् । उनी केही वर्षयता स्वदेशका विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त भइरहेकी छिन् । उनले विभिन्न सांगितिक प्रतियोगिताहरुमा सहभागी भएर सफलता समेत हात पारेकी छिन् ।आदरणीय दर्शकविन्द, तपाईलाई स्वस्तिका ढकालको गीत कस्तो लाग्यो ? कृपया हेरेर कमेन्ट गर्नुहोला । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*