भाईरल भयो किरण र अस्मिताको गीत

१२ श्रावण २०७७, सोमबार २१:३२
Featured Video Play Icon

मकवानपुर, १२ साउन । नेपाल आईडलबाट सर्वाधिक चर्चामा आएका प्रतियोगी तथा गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको ‘आँखामा बसाउ मलाई’ बोलको गीत सार्वजनिक भएसँगै यसलाई दर्शक श्रोताले मन पराएका छन् । सुमधुर आवाजसँगै अभिनय कलामा पनि दख्खल राख्ने यी दुई गायक गायिकाले गीतको म्युजिक भिडियोमा रोमान्टिक अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै यसले सर्वत्र चर्चा पाएको छ । गीत टिकटक जस्ता एपहरुमा भाईरल भएको छ । द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई ३ दिन नपुग्दै २ लाख २९ हजारभन्दा बढी भ्यूज प्राप्त भएको छ । यो सामग्री तयार पार्दाको समयमा यस गीतको म्यूजिक भिडियोलाई २ लाख २९ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १३ हजार लाईक र करिब ७ कमेन्टहरु गरिएका छन् । गीत अहिले ४६ औँ नम्बरको टे«ण्डिङमा पनि रहेको छ । हेरौँ भिडियो रिपोर्ट–

जीवनसाथीबिचको रोमान्टिक भावना समेटिएको गीतको शब्द चर्चित संगीतकार अर्जुन पोखरेलले लेखेका हुन् । गीतलाई पोखरेलले नै संगीत र एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका उछन् । विधान कार्कीको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । हेर्नुहोस् गीत–

यो पनि हेर्नुहोस्–
मुटुदेखि मुटुसम्म एपिसोड ८–प्रेमका सुन्दर सपनाहरु
हामी सबैले प्रेमका सुन्दर सपनाहरु सजाएका हुन्छौँ । ती सपनाहरुले कहिलेकाँही हामीलाई निराश पनि बनाउँछ । मुटुदेखि मुटुसम्मको यो एपिसोडमा प्रेमका यस्तै सपनाहरुको बारेमा कुरा गरेकोछु । साथै तपाईका सन्देशरु पनि राखेको छु । रेडियो अनमोलबाट २०७६ जेठ १४ गते गते प्रसारित कार्यक्रम मुटुदेखि मुटुसम्मको यो युट्युब भर्सन हो । यसमा गीत र प्रोमो तथा फिलरहरुलाई हटाईएको छ । यसमा तपाईले तपाईले पठाउनुभएकै एसएमएस र कमेन्टहरुलाई सुन्न सक्नुहुन्छ र तपाईका लागि प्रेम सन्देशहरु पनि पाउनुहुन्छ । यसमा क–कसको सन्देश छ सुनेर, हेरेर साथ दिनुहोस् । यो भिडियोलाई लाईक र कमेन्ट गरिदिनुहोला । हेर्नुहोस् भिडियो–

मुटुदेखि मुटुसम्म एपिसोड ७–केयरिङ र ओभरकेयरिङ
हामी आफुलाई मन पराएको मान्छेको सबै ईच्छाहरु पुरा गर्न खोज्छौँ । सकेसम्म आफ्नो मान्छे आफुबाट टाढा नहोस् भन्ने हाम्रो चाहाना हुन्छ । उनको केयरिङ गर्न हामी कुनै कसर बाँकी राख्दैनौँ । तर हामीले गर्ने केयरिङ ओभर केयरिङमा परिणत भयो भने प्रेम सम्बन्धमा दरार पनि आउन सक्छ । यस एपिसोडमा यसै बारेमा कुरा गरेको छु । साथै तपाईका प्रेमका सन्देशहरु पनि राखेको छु । रेडियो अनमोलबाट २०७६ बैशाख २४ गते गते प्रसारित कार्यक्रम मुटुदेखि मुटुसम्मको यो युट्युब भर्सन हो । यसमा गीत र प्रोमो तथा फिलरहरुलाई हटाईएको छ । यसमा तपाईले तपाईले पठाउनुभएकै एसएमएस र कमेन्टहरुलाई सुन्न सक्नुहुन्छ र तपाईका लागि प्रेम सन्देशहरु पनि पाउनुहुन्छ । यसमा क–कसको सन्देश छ सुनेर, हेरेर साथ दिनुहोस् । यो भिडियोलाई लाईक र कमेन्ट गरिदिनुहोला । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*