यति राम्रो बन्यो स्वस्तिका ढकालको पहिलो अफिसियल गीत (भिडियो)

१२ श्रावण २०७७, सोमबार १६:१४

मकवानपुर, १२ साउन । नेपाल आईडलबाट चर्चामा आएकी स्वस्तिका ढकालको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । स्वस्तिकाको ‘कसले भन्यो तिमीलाई’ बोलको गीत सोमबार द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

चर्चित गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको हो । गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ । अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई स्वस्तिकाले नै परिकल्पना गरेकी हुन् । भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् । हेर्नुहोस् भिडियो–

नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर सर्वाधिक चर्चामा आएकी स्वस्तिका मकवानपुरको हेटौँडा ८ कमाने निवासी हुन् । २३ वर्षीया स्वस्तिकाले सानैमा विद्यालयमा अध्ययन गर्दाको समयदेखि नै साँगितिक क्षेत्रमा आफुलाई अगाडि बढाएकी थिईन् । संगितको औपचारिक शिक्षा नलिएता पनि उनले सानैमा सिकेको बालगीतसँगै उनको संगीतको यात्रा अघि बढेको थियो । स्वस्तिका संगीतलाई पिडा भुलाउने थेरापीका रुपमा परिभाषित गर्छिन् । उनी केही वर्षयता स्वदेशका विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त भइरहेकी छिन् । उनले विभिन्न सांगितिक प्रतियोगिताहरुमा सहभागी भएर सफलता समेत हात पारेकी छिन् ।

यो पनि हेर्नुहोस्–
रेडियोलाई फेसबुकमा लाईभ गर्ने तरिका
तपाई रेडियोमा कार्यक्रम चलाउनुहुन्छ र त्यसलाई अडियो वा भिडियोका रुपमा फेसबुकमार्फत लाईभ प्रसारण गर्न चाहानुहुन्छ भने ओबिएस स्टुडियो सफ्टवयर निकै सजिलो छ । तपाईलाई यसको सेटिङ गर्न समस्या छ र लाईभ कसरी गर्ने भनेर सोचिरहनु भएको छ भने यो भिडियो सुरुदेखि अन्तसम्मै हेर्नुहोस् ।

फेसबुकको १० वर्ष पुरानो पोष्ट डिलिट गर्ने तरिका
हामीले भावनामा बहकेर वा कुनै घटनाका कारण कहिलेकाँही फेसबुकमा यस्ता पोष्टहरु गर्छौँ जुन कुराहरु केही वर्षपछि हामीलाई ठिक नलाग्न सक्छ । त्यस्ता वर्षौँ पुरानो फोटो वा स्टाटसलाई एकै क्लिकमा कसरी डिलिट गर्ने ? यो सामान्य जानकारी यो भिडियोमा राखिएको छ । लिंकमा गएर भिडियो हेरिदिनुहोला

कुनै पनि लाईभ भिडियोलाई युट्युबमा लाईभ गर्ने तरिका
यदि तपाईसँग युट्युब च्यानल छ र कुनै कार्यक्रम, ईभेन्ट वा युट्युब वा अन्य साईटबाट लाईभ आईरहेको कार्यक्रम आफ्नो युट्युब च्यानलमा लाईभ गर्न चाहानुहुन्छ भने तपाई के गर्नुहुन्छ ? यस्तो बेला तपाईलाई ओबिएस स्टुडियो सफ्टवयरले मदत गर्छ । कसरी गर्ने त युट्युबमा लाईभ ? आउनुहोस् यो भिडियोबाट सिकौँ–

काकाओ टकको आईडी बनाउने तरिका
काकाओ टक दक्षिण कोरियाको काकाओ कम्पनीद्वारा निर्माण गरिएको चर्चित म्यासेञ्जर एप हो । काकाओ टकलाई छोटकरीमा काटक पनि भन्ने गरिन्छ । सन् २०१० मार्च १८ तारिखमा लञ्च भएको यो एप अहिले संसारका विभिन्न क्षेत्रमा पनि निकै रुचाइएको एप बन्न सफल भएको छ । विभिन्न १५ भाषामा उपलब्ध भएको यो एप सुरक्षित पनि मानिन्छ । आज हामी तपाईलाई काकाओ टकको आईडी बनाउने तरिकाका बारेमा जानकारी दिँदैछौँ । पुरा जानकारीका लागि भिडियोलाई अन्तसम्मै हेरिदिनुहोला । भिडियो मनपरेमा लाईक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*