पाई (पि.आई.) नेटवर्क के हो ? कसरी खोल्ने एकाउन्ट ?

११ श्रावण २०७७, आईतवार ११:४९
Featured Video Play Icon

मकवानपुर, ११ साउन । के कसैलाई आफ्नै मोबाईलले लखपति वा करोडपति बनाउन सक्छ ? के बिना लगानी मोबाईलबाट पैसा कमाउन सकिन्छ ? यदि तपाईको मनमा यस्तै प्रश्न छन् भने अबको केही समयमा तपाईले त्यसको जवाफ पाउनुहुनेछ । आज हामी पाई नेटवर्क के हो अनि यसमा आईडी कसरी बनाउने र कसरी पैसा कमाउने भन्ने विषयमा जानकारी दिँदैछौँ । तर नेटवर्किङ र क्रिप्टोकरेन्सीको व्यवसाय नेपालमा अवैधानिक भएको तथ्यहरु पनि बाहिर आईरहेकोले कृपया यसमा तपाईको विवेक प्रयोग गरेर मात्र पिआई प्रयोग गर्ने कि नगर्ने भनेर निर्णय लिनुहोला । हामी तपाईलाई यस भिडियोमा आईडी बनाउने र केही तरिकाहरुमात्र सिकाउँदैछौँ ।

अनलाईनमा काम गर्ने धेरै मानिसहरुलाई क्रिप्टो करेन्सीका बारेमा थोरै वा धेरै जानकारी नै छ । अझ बिटकोईनको बारेमा त थाहा नभएकाहरुले समेत विज्ञापनहरुमार्फत प्रशस्त जानकारी पाएका छन् । यस्तै करेन्सीहरुमध्ये आउँदो वर्ष अर्थात सन २०२१ को मार्चदेखि आउन लागेको डिजिटल पैसा यानेकी क्रिप्टोकरेन्सी बनाउने प्रोजेक्ट नै पाई नेटवर्क हो । यसको अहिले दोस्रो चरण चलिरहेको छ । यसमा मोबाईलबाटै पैसा कमाउन अर्थात पैसा माईनिङ गर्न मिल्छ । स्टान्फोर्ड युनिभर्सिटीका ३ जना पिएचडी होल्डरहरुले सुरु गरेको यो प्राजेक्टमा अहिले लाखौँ मानिसहरु जोडिरहेका छन् । मोबाईलमा एप ईन्स्टल गरेर प्रत्येक दिन एकपटक मात्र चलाएर यसमा पैसा कमाउन सकिन्छ । अझ थप कमाईका लागि विभिन्न अन्य अवसरहरु पनि रहेका छन् । यसमा तपाई मोबाईल नम्बर वा फेसबुकको माध्यमबाट आईडी बनाउन सक्नुहुन्छ । ध्यान दिनुपर्ने कुराचाहिँ के हो भने यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले तत्कालै यसमा कमाएको पैसा साट्न वा सामान खरिद गर्न र यसको खरिद–बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष २०२१ मार्च १४ गते पर्ने पाई डे पछि भने यसमा पूर्ण रुपमा कारोबार गर्न सकिनेछ ।

यदि तपाईले अहिलेदेखि नै माईनिङ गर्न थाल्नुभयो भने दैनिक करिब ६ पाई का दरले १ हजार ७ सय जत्ति पाई क्वाईन जम्मा गर्नसक्नुहुन्छ । अहिले त एक पाईको मुल्य निकै कम छ तर यो अहिले किनबेच गर्न नमिल्ने भएकोले जम्मा मात्र गरेर राख्न सकिन्छ । कुनै बेला बिटक्वाईनको पनि यस्तै अवस्था थियो जुन पछि गएर निक्कै महङ्गो भएको छ । बिट क्वाईन जस्तै यो पनि एकवर्ष पछि माईन गर्न पाईनेछैन अर्थात यो करेन्सी बनाउने समय अब एक वर्षमात्र हो त्यसपछि यसको किनबेच मात्र गर्न सकिन्छ । कसरी बनाउने त यसको आईडी आउनुहोस् यस बारेमा जानकारी लिऔँ । हेर्नुहोस् भिडियो–

यसरी तपाई पाई नेटवर्कमा आईडी बनाएर पैसा कमाउन सक्नुहुन्छ । यदि तपाईलाई आईडी बनाउँदा समस्या पर्यो वा पाई नेटवर्क सम्बन्धी थप जानकारी चाहिएमा कृपया कमेन्ट गर्नुहोस् । हामी तपाईलाई जवाफ दिने कोसिस गर्नेछौँ वा अर्को भिडियोमा जानकारी दिनेछौँ । यो भिडियो राम्रो लागेमा कृपया लाईक, कमेन्ट र शेयर गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*