नेपाल आईडलका प्रविण बेड्वाल र सज्जा चौँलागाई चर्चामा

११ श्रावण २०७७, आईतवार ११:२७
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, ११ साउन । नेपाल आईडल सिजन ३ को सर्वाधिक हिट प्रतियोगीहरु प्रविण बेड्वाल र सज्जा चौलागाईको चर्चा चुलिएको छ । आईडलमा सर्वाधिक चर्चामा रहेका यी दुईको पहिचान अब आईडल प्रतिस्पर्धी मात्र नभई सुमधुर गीत सार्वजनिक गरिसकेका गायक गायिकाको रुपमा पनि स्थापित हुने चरणमा छ । स्टेजमा सर्वाधिहक हिट जोडीका रुपमा प्रस्तुति दिइसकेका यी दुई प्रतियोगीहरुको आवाजमा रहेका नयाँ गीतहरु अहिले चर्चामा छन् । उनीहरुले एकभन्दा बढी गीतहरु सार्वजनिक गरिसकेका छन् । सज्जाले आफ्नो पहिलो गीत ‘गुलाब सरी’ को लिरिकल भर्सन सार्वजनिक गरेकी छिन् । सार्वजनिक भएको गीत निकै रोमान्टिक बनेको छ । पहिलो गीतले सबैको मन जित्नसक्ने क्षमता पनि देखाएको छ । मनिश अधिकारीको शब्द, कल्याण सिंहको संगीत र दिक्षित पौडेलको एरेञ्जमा गीत तयार भएको हो । सज्जाको अफिसियल युट्युब च्यानलमार्फत गीतको लिरिकल भर्सन सार्वजनिक भईसकेको छ । यो गीत १५ जुलाई २०२० मा सार्वजनिक भएको हो ।

त्यस्तै उनको दोस्रो गीतका रुपमा तिज गीतको पनि लिरिकल भर्सनमा सार्वजनिक भएको छ । सज्जाको ‘क्या राम्री देखिया छु रे’ बोलको तिज गीतको लिरिकल भर्सन गीतकार दुर्गाप्रसाद कदरियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सज्जाको आवाजमा भएको उक्त गीतमा सिएल शर्माले संगीत भरेका छन् । गीतलाई शहास शाक्यले एरेञ्ज गरेका छन् । यो डान्सिङ नम्बरलाई पनि दर्शकहरुले रुचाउने देखिएको छ । यो गीत १६ जुलाई २०२० मा सार्वजनिक भएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

त्यस्तै नेपाल आईडलमा संगीतका उस्तादका रुपमा चर्चा कमाउन सफल प्रविणको आवाजमा सजिएको २ वटा गीतहरु सार्वजनिक भईसकेका छन् । एउटा गीतको लिरिकल भर्सन र अर्को गीतको अफिसियल म्युजिक भिडियो नै सार्वजनिक भईसकेको छ । लिरिकल भर्सनमा ‘यसलाई पर्दा’ बोलको गीत सार्वजनिक भएको हो । विश्व नै कोरोना महामारीसँग जुधिरहेको बेलामा मानव समुदायमा आएको संकटका विषयमा गीत तयार भएको छ । मानिसमाथि ठूलो बज्रपात परेको र अहिले मानवता भन्ने चिज नै हराउन थालेको विषयमा गीतका शब्दहरु कोरिएका छन् । कोरोना महामारी सुरु हुनुपूर्व एकअर्कालाई सहयोग गर्दै आएका मानिसहरु अहिले कोरोनाका डरले मानविय संवेदना देखाउन चुकेको विषयहरु शब्दहरु कोरिएका छन् । प्रविणको आवाजमा तयार भएको गीतमा बसन्त लम्सालको शब्द तथा संगीत रहेको छ । बुढासुब्बा डिजिटलबाट जुन २५ मा गीत सार्वजनिक गरिएको हो ।

त्यस्तै प्रविणको दोस्रो गीत भने उनको पहिलो अफिसियल म्यूजिक भिडियोका रुपमा सार्वजनिक भएको हो । अघिल्लो गीतलाई लिरिकल भर्सनमा मात्र सार्वजनिक गरेका प्रविणले दोस्रो गीतलाई भने म्यूजिक भिडियोकै रुपमा दर्शकमाझ ल्याएका छन् । दोस्रो गीत ‘छुट्नु पर्नेसँग’ को अफिसियल म्युजिक भिडियो दश म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । १७ जुलाई २०२० मा सार्वजनिक भएको यस गीतमा शम्शेर राईको शब्द तथा शंकर स्माईलको संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । गीतको म्युजिक भिडियोमा बिमला खाजुम ‘निवा’ र भरत महर्जनले अभिनय गरेका छन् । देवजंग थापाको छायाँकन तथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई प्रदिप बस्नेतले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा एउटा वियोगान्त प्रेमकथा देखाइएको छ । जुन भिडियो हेर्दासम्मै रहस्यमय देखिन्छ । आदरणीय दर्शकविन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । भिडियो राम्रो लागेमा लाईक र शेयर पनि गरिदिनुहोला । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*