नेपाल स्टारको उत्कृष्ट १ सय २२ जना प्रतियोगीहरु

११ श्रावण २०७७, आईतवार ०७:१३
Featured Video Play Icon

मकवानपुर, ११ साउन । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को अडिसन राउण्डबाट १ सय २२ जना प्रतियोगीहरु छनौट भएका छन् । देशको सातै प्रदेशबाट सहभागी भएका हजारौँ प्रतियोगीहरुमध्ये १ सय २२ जनाले दोस्रो राउण्डका लागि टिकट पाएका हुन् । नेपाल स्टारको पोखरा अडिसनबाट १६ जना, बुटवलबाट १० जना, चितवनबाट १३ जना , धनगढीबाट ११ जना, सुर्खेतबाट ९, ईटहरीबाट १५, बर्दिवासबाट १० जना र काठमाडौँबाट ३५ जना छनौट भएका छन् । नेपाल स्टारको विवरण अनुसार १ सय २२ जना प्रयितोगीहरु छनौट भएका छन् तर टेलिभिजनमा प्रसारण भएको शोमा हेर्दा यो संख्यामा ३ जना कम देखिन्छन् । तसर्थ ती ३ जना प्रतियोगीहरुका बारेमा विस्तृत जानकारी यस भिडियोमा समावेश गरिएको छैन । हुन त टेलिभिजनबाट क्लिप नदेखाइएका अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् । तर यी विवरणहरु टेलिभिजनमा प्रसारण भएको भिडियो क्लिपहरुमा आधारित छन् । यस भिडियो सामग्रीमा यी सबै १ सय २२ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिएको छ ।

१ सय २२ जनाको जानकारी दिँदा भिडियो निकै लामो भएको छ, कृपया सकेसम्म धैर्य गरेर पुरा भिडियो हेरिदिनुहोला । तपाईको सजिलोको लागि यस भिडियोको डिस्क्रीप्सनमा टाईम स्ट्याम्प्सको प्रयोग गरि च्याप्टर फिचर पनि राखिएको छ । त्यसबाट पनि तपाई मनपर्ने स्थानको अडिसनबाट छानिएका प्रतियोगीहरुका बारेमा हेर्न सक्नुहुनेछ । तपाईको विचारमा यी अडिसनका प्रतियोगीहरुमध्ये कुन अडिसनका प्रतियोगीहरु दोस्रो राउण्ड पनि पार गर्दै तेस्रो राउण्डमा पुग्छन् होला ? कृपया यो भिडियो हेरिसकेपछि कमेन्ट गर्नुहोस् । आउनुहोस् पोखरा अडिसनदेखि क्रमश चर्चा गरौँ ।

यी १ सय १९ जना बाहेक पनि ३ जना थप प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । उनीहरुका बारेमा विस्तृत जानकारी दोस्रो राउण्डका समयमा चर्चा गरिनेछ । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*