तामाङ गीत ‘परदेशी ज्योज्यो’ सार्वजनिक

१० श्रावण २०७७, शनिबार २१:३५

मकवानपुर, १० साउन । तामाङ भाषाको ‘परदेशी ज्योज्यो’ बोलको मौलिक गीत सार्वजनिक भएको छ । डम्फुला चरी, बैरागी च्याङ्बा र ठूलीकान्छी जस्ता चर्चित गीतहरुको सफलतापछि गायक ज्ञानसिंह वाईबा र चर्चित गायिका जितु लोप्चनको आवाजमा उक्त गीत तयार भएको छ ।

जिग्मे मिडियाबाट सार्वजनिक गरिएको गीतमा समासामयिक सामाजिक विषय वस्तु तथा परदेशीको पिडा समावेश गरिएको छ । गीतमा गायक वाईबाकै शब्द र संगीत रहेको छ । गीतलाई सुन्दर लामाले एरेञ्ज गरेका छन् । गीतको भिडियोलाई कमल योञ्जन तामाङले छायाँकन र सम्पादन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्–

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

प्रेमकथामा आधारित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ को वियोगान्त ‘दुःखन दुःखला ल्हुई’ बोलको गीत चर्चित बनेको छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १२ हजार ३६ पटकभन्दा बढी हेरिएको छ । विश्व शान्त र जीतु लोप्चनको आवाजमा रहेको गीतमा वैदेशिक रोजगारीका क्रममा प्रेमीप्रेमिकाको बियोग देखाईएको छ । दुई भाषामा तयार हुने चलचित्रको यो गीतमा सम्झना लामाको शब्द रहेको छ ।

गीतमा सञ्जय लामा हुट्ट र खुशी घिसिङको अभिनय देख्न सकिन्छ । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झनामा लामा,सितल तामाङ र लोसाङ लामाले निर्माण गरेका हुन् । चलचित्रमा नायिका संगीता दोङ, खुशी घिसिङ र सञ्जय लामा हुट्ट लगायतको अभिनय रहेको छ ।

‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई १ लाख बढी भ्यूज

तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतलाई युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख ११ हजार ४३ पटकभन्दा बढी हेरिएको छ । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ ।

चलचित्रमा सुकुमाया मोक्तानसँगै सागर घिसिङ, शम्भु घिसिङ, विकास स्याङतान, सुष्मा मोक्तान,सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको संस्कृति,सामाजिक जीवन यापनका र सामासाहिक बिषय बस्तुमा आधारित कथालाई चलचित्रमा उतारिएको निर्मात्री तथा नायिका सुकुमाया मोक्तानले जानकारी दिएकी छिन् ।

तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र द्यासुरले गरेका छन् ।

माया गर्ने जोडीको रोजाईमा ‘एदेन ङाला चु मायामी’

तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘एदेन ङाला चु मायामी’ बोलको गीतलाई प्रेम गर्ने जोडीहरुले रुचाएका छन् । प्रेमिल शब्दहरुसँगै आकर्षक छायाँकनले दर्शकको मन जित्न सफल भएको छ । गीतमा चलचित्रका नायक बुद्ध थिङ र नायिका रोशनी ब्लोनको मन जित्ने अभिनयलाई देख्न सकिन्छ ।चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १५ हजार ७ सय २ पटकभन्दा बढी हेरिएको छ । गीतमा आशुसेन लामा र शशिकला मोक्तानको आवाज रहेको छ । गीतको शब्द हस्तबहादुर तामाङले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् । चलचित्रमा मानिस जन्मने बित्तिकै टुहुरो नहुने तर परिस्थितिले टुहुरो बनाउने कुरालाई पर्दामा उतारिएको छ । छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रमा छोईसाङ बम्जन र सजिता दोङसहित छोईसाङ बम्जन,सजिता दोङ लगायतका कलकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*