किरण र अस्मिताको रोमान्टिक गीत ‘आँखामा बसाउ मलाई’ सार्वजनिक

१० श्रावण २०७७, शनिबार २०:४४

मकवानपुर, १० साउन । नेपाल आईडलबाट सर्वाधिक चर्चामा आएका प्रतियोगी तथा गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको ‘आँखामा बसाउ मलाई’ बोलको गीत सार्वजनिक भएको छ । सुमधुर आवाजसँगै अभिनय कलामा पनि दख्खल राख्ने यी दुई गायक गायिकाले गीतको म्युजिक भिडियोमा रोमान्टिक अभिनय गरेका छन् ।

जीवनसाथीबिचको रोमान्टिक भावना समेटिएको गीतको शब्द चर्चित संगीतकार अर्जुन पोखरेलले लेखेका हुन् । गीतलाई पोखरेलले नै संगीत र एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका उछन् । विधान कार्कीको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्–
रेडियोलाई फेसबुकमा लाईभ गर्ने तरिका
तपाई रेडियोमा कार्यक्रम चलाउनुहुन्छ र त्यसलाई अडियो वा भिडियोका रुपमा फेसबुकमार्फत लाईभ प्रसारण गर्न चाहानुहुन्छ भने ओबिएस स्टुडियो सफ्टवयर निकै सजिलो छ । तपाईलाई यसको सेटिङ गर्न समस्या छ र लाईभ कसरी गर्ने भनेर सोचिरहनु भएको छ भने यो भिडियो सुरुदेखि अन्तसम्मै हेर्नुहोस् ।

फेसबुकको १० वर्ष पुरानो पोष्ट डिलिट गर्ने तरिका
हामीले भावनामा बहकेर वा कुनै घटनाका कारण कहिलेकाँही फेसबुकमा यस्ता पोष्टहरु गर्छौँ जुन कुराहरु केही वर्षपछि हामीलाई ठिक नलाग्न सक्छ । त्यस्ता वर्षौँ पुरानो फोटो वा स्टाटसलाई एकै क्लिकमा कसरी डिलिट गर्ने ? यो सामान्य जानकारी यो भिडियोमा राखिएको छ । लिंकमा गएर भिडियो हेरिदिनुहोला

कुनै पनि लाईभ भिडियोलाई युट्युबमा लाईभ गर्ने तरिका
यदि तपाईसँग युट्युब च्यानल छ र कुनै कार्यक्रम, ईभेन्ट वा युट्युब वा अन्य साईटबाट लाईभ आईरहेको कार्यक्रम आफ्नो युट्युब च्यानलमा लाईभ गर्न चाहानुहुन्छ भने तपाई के गर्नुहुन्छ ? यस्तो बेला तपाईलाई ओबिएस स्टुडियो सफ्टवयरले मदत गर्छ । कसरी गर्ने त युट्युबमा लाईभ ? आउनुहोस् यो भिडियोबाट सिकौँ–

काकाओ टकको आईडी बनाउने तरिका
काकाओ टक दक्षिण कोरियाको काकाओ कम्पनीद्वारा निर्माण गरिएको चर्चित म्यासेञ्जर एप हो । काकाओ टकलाई छोटकरीमा काटक पनि भन्ने गरिन्छ । सन् २०१० मार्च १८ तारिखमा लञ्च भएको यो एप अहिले संसारका विभिन्न क्षेत्रमा पनि निकै रुचाइएको एप बन्न सफल भएको छ । विभिन्न १५ भाषामा उपलब्ध भएको यो एप सुरक्षित पनि मानिन्छ । आज हामी तपाईलाई काकाओ टकको आईडी बनाउने तरिकाका बारेमा जानकारी दिँदैछौँ । पुरा जानकारीका लागि भिडियोलाई अन्तसम्मै हेरिदिनुहोला । भिडियो मनपरेमा लाईक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोला ।

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नेपाली युट्युब ट्रेण्डिङमा कब्जा जमाएका २ भारतीय चलचित्रहरु
नेपालमा भारतीय चलिचत्रको ठूलो बजार रहेको छ । यस तथ्यलाई कसैले नकार्न सक्ने अवस्था समेत छैन । हिन्दी फिल्म रिलिज हुँदा नेपालका सिङ्गलदेखि मल्टीप्लेक्स हलहरुमा देखिने दर्शकको भिडले समेत यही संकेत गर्छ । त्यतिमात्र होईन नेपालमा हिन्दी सिरियलको दबदबा पनि उत्तिकै छ । पछिल्लो प्रमाणका रुपमा युट्युब ट्रेण्डिङलाई आधार बनाउन सकिन्छ । अधिकांश समय नेपाली युट्युब ट्रेण्डिङमा हिन्दी फिल्मले कब्जा जमाउने गर्छ । यस सामाग्रीमा हामीले कुनै समय नेपाली युट्युब सर्भरमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा नै कब्जा जमाउन सफल २ हिन्दी चलचित्रहरुका बारेमा चर्चा गरेका छौँ । भिआईपी–२ लल्कार र हिन्दी चलचित्र सञ्जुको ट्रेलर र गीतले कुनै समय एकैपटक ट्रेण्डिङ कब्जा गरेको थियो ।

युट्युब ट्रेण्डिङमा हिन्दी र नेपाली गीतको टक्कर

नेपाली युट्युब सर्भरमा आजभोलि हिन्दी गीत र नेपाली गीतहरुको घम्साघम्सी नै पर्छ । कहिले हिन्दी गीतको म्यूजिक भिडियोले नेपाली म्यूजिक भिडियोलाई पछार्छ त कहिले नेपाली गीतले हिन्दी गितलाई निकै तल झारिदिन्छ । यो सामाग्री तयार पार्दाको समयमा पनि नेपाली युट्युब सर्भरमा एक नेपाली र अर्को हिन्दी गीतको म्यूजिक भिडियोको निकै नै घम्साघम्सी भईरहेको छ । ती गीतहरु हुन्– सञ्जीव पराजुलीको ‘सोचमा’ र हिन्दी चलचित्र स्टुडेन्ट अफ दि इयर २’ को गीत हुकअप ।

युट्युब ट्रेण्डिङमा परेका ७ चलचित्रहरु (भिडियो सहित)

युट्युबको नेपाल भर्सनमा कयौँ चलचित्रहरु ट्रेण्डिङ पर्ने गरेका छन् । नेपाली चलचित्रको तुलनामा हिन्दी र साउथ भर्सन चलचित्रहरु छिटो र धेरै रिलिज हुने कारणले गर्दा हरेक दिन युट्युबमा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा पर्ने गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा पनि युट्युबमा ७ वटा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा छन् । ती चलचित्रहरुको बारेमा यहाँ भिडियो सहित चर्चा गरिएको छ

अचम्म : आलियाको एउटै गीतमा १ सय ७५ पटक कपडा चेन्ज

युवापुस्तामा चर्चित बलिउड नायिका आलिया भट्टले एउटै गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी छिन् । उनले आफ्नो नयाँ चलचित्र ‘राजी’को ‘मुड के न देख दिलबरो’ बोलको गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी हुन् ।

उक्त चलचित्रमा जासूसको भूमिका निभाएकी उनले पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्ने रोलमा छिन् । सोही क्रममा रिलिज गरिएको उक्त गीतमा बाबु र छोरीको संवेदना देखाइएको छ । यो गीतको बारेमा चर्चा गर्दै आलियाले गीतको सुटिङका क्रममा एक सय ७५ पटकभन्दा बढि बिदाईको पहिरन फेर्नु परेको अभिव्यक्ति दिएकी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*