नेपाल स्टारमा काठमाडौँ अडिसनबाट छानिएका ३५ प्रतियोगीहरु

६ श्रावण २०७७, मंगलवार १४:४२
Featured Video Play Icon

मकवानपुर, ६ साउन । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को काठमाडौँ अडिसनबाट ३५ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । टेलिभिजनमा प्रसारण भएको एपिसोडमा देखाइए अनुसार काठमाडौँबाट जम्मा ३५ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा काठमाडौँ अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका यी सबै प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।

यो पनि हेर्नुहोस्–
वेबसाईटमा समाचार वा आर्टिकल अपडेट गर्दा ध्यान दिनुपर्ने कुराहरु
के तपाई न्युज वेबसाईट वा ब्लग चलाउनुहुन्छ ? के तपाई समाचार वा तपाईको आर्टिकल भाईरल गराउन चाहानुहुन्छ ? अथवा के तपाईलाई समाचार वा आर्टिकल अपडेट गर्दा विभिन्न समस्याहरु भइरहेको छ ? यदि छ भने यो भिडियो तपाईहरुकै लागि हो । यस भिडियोमा हामी समाचार वा आर्टिकल अपडेट गर्दा हेडलाईन्, हाईलाईट,क्याटगोरी र ट्यागको महत्व के छ भन्ने विषयमा चर्चा गर्दैछौँ । साथै समाचारमा वा आर्टिकलमा ठ्याक्कै मिल्ने साईजको फिचर ईमेज कसरी बनाउने वा कुन साईजको बनाउने र समाचार शेयर गर्दा तस्बिर नआउने समस्याहरुलाई कसरी समाधान गर्ने त्यो बारेमा पनि चर्चा गर्नेछौँ । सबै जानकारीकालागि भिडियोलाई अन्तिमसम्मै हेरिदनुहोला । च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राईब गरिदिनुहोला ।

फेसबुक ग्रुप छ ? झट्का लाग्नु अगाडि नै यो सेटिङ गर्नुहोस्

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले यसको ग्रुप सेटिङमा परिवर्तन ल्याएको छ । यदि तपाईको फेसबुकमा ग्रुप छ र त्यसबाट धेरै भ्यू प्राप्त भईरहेको छ भने तपाईले एउटा सेटिङ तुरुन्तै गर्नुपर्ने अवस्था भएको छ । फेसबुकले केही समयअघि जारीको गरेको सूचना अनुसार अब केही समयभित्रमा नै फेसबुकमा भएका प्राईभेट ग्रुपलाई पब्लिक बनाउन सकिने छैन । फेसबुकका अनुसार प्राईभेट ग्रुपमा भएका प्रयोगकर्ताहरुको गोपनियताको ख्याल गर्दै फेसबुकले यस्तो कदम चाल्न थालेको हो ।

प्राईभेट ग्रुपमा भएका सदस्यहरु र उनीहरुले सो ग्रुपमा पोष्ट गरेका कुराहरुलाई त्यस ग्रुपमा भएका सदस्यहरुबाहेक अरुले हेर्न सक्दैनन् । ग्रुपमा भएका कुनै सदस्यले प्राईभेट ग्रुपमा भएका पोष्टहरु पब्लिक रुपमा शेयर गरेता पनि त्यो मेम्बर छैन भने हेर्न मिल्दैन । त्यसैले फेसबुकमा त्यस्ता कयौँ प्राईभेट ग्रुपहरु छन् जसमा विशेष पोष्टहरु हुने गर्छन् । साथै कतिपयले त सोही ग्रुपबाट नै अनलाईन व्यवसाय चलाएका हुन्छन् । ग्रुप बनाउने र धेरै सदस्यहरु आवद्ध गराएर बेचेर पनि कयौँले आर्थिक फाईदा लिइरहेका हुन्छन् । यसरी प्राईभेट ग्रुपलाई किनेको मान्छे वा त्यसको एडमीनले कुनै पनि बेलामा पब्लिक बनाउन सक्ने सूविधा पनि फेसबुकमा थियो तर अब भने त्यो सूविधा हट्दैछ । त्यसैले यदि तपाई फेसबुक ग्रुपलाई अहिले नै पब्लिक बनाउन चाहानुहुन्छ भने तुरुन्तै पब्लिक बनाउनुहोस् अन्यथा अबदेखि यो सूविधा पाईने छैन । अहिलेका लागि फेसबुकले ५ हजारभन्दा कम सदस्य भएका प्राईभेट ग्रुपहरुलाई प्रत्येक एक महिनाको अन्तरालमा प्राईभेट वा पब्लिक बनाउन मिल्ने सेटिङ राखेको छ ।

तर ५ हजार वा सोभन्दा बढी सदस्य भएका प्राईभेट ग्रुपलाई भने अब उपरान्त पब्लिकमा परिवर्तन गर्न सकिने छैन । त्यसैले तपाईको फेसबुक ग्रुपलाई पब्लिक बनाउन चाहानुहुन्छ भने आजै पब्लिक बनाउनुहोस् अथवा ५ हजारभन्दा कम सदस्य भएकै समयमा पब्लिकमा परिवर्तन गर्नुहोस् । तपाईको ग्रुप पब्लिक वा प्राईभेट कसरी बनाउने भन्ने जानकारी तपाईसँग छैन भने कृपया हाम्रो अर्को च्यानल टेक्निकल सहयोगीमा फेसबुक ग्रुप सेटिङ सम्बन्धी भिडियोलाई हेर्नुहोस् । हामीले त्यहाँ यसबारेमा चर्चा गरेका छौँ । तपाईको सजिलोको लागि उक्त भिडियोको लिंक यस भिडियोको तल डिस्क्रीप्सनमा, आई बटनमा र भिडियोको अन्तिममा ईन्ण्डस्क्रीनमा राखिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*