मकवानपुरका २ हजार ५० घरधुरीलाई राहत सहयोग

६ श्रावण २०७७, मंगलवार १३:५४

मकवानपुर, ६ साउन । मकवानपुरका विभिन्न स्थानीय तहहरुका करिब २ हजार ५० घरधुरीलाई राहत सहयोग गरिएको छ । अमेरिकन हिमालयन फाउन्डेसन (AHF) को आर्थिक सहयोग र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गूठी (RHEST) को आयोजनामा महिला तथा बालबालिका सरोकार केन्द्र स्थानीय आयोजक रही राहत सामग्री वितरण गरिएको हो ।

विश्वव्यापी महामारीको बन्दै आएको कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीका कारण दैनिक गुजारा चलाउन समेत समस्यामा परेका मकवानपुर जिल्लाका राक्सिराङ , बकैया र मनहरी गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकाको ३ वटा वडाका विभिन्न घरधुरीलाई खाद्यान्न सहयोग गरिएको हो । संस्थाले प्रत्येक घरधुरीलाई ३० केजी चामल, ३ लिटर तेल, ४ केजी दाल, ४ वटा साबुन र ३ वटा मास्क प्रदान गरेको संस्थाकी एलिना स्याङ्बोले जानकारी दिईन् ।

राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संस्थाका सहजकर्ताहरु, ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गूठीका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
यो पनि हेर्नुहोस्–
यति सस्तो अफर
नेपाल टेलिकमले विभिन्न आकर्षक योजनाहरु बेला–बेलामा सार्वजनिक गर्ने गरेको छ । यदि तपाई पनि एनटिसी अर्थात नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ भने ती अफरहरुको प्रयोग आफुलाई अनुकुल पर्छ भने प्रयोग गर्न सक्नुहुन्छ । यस भिडियोमा हामी तपाईलाई एनटिसीको ‘स्प्रीङ अफर’ का बारेमा जानकारी दिँदैछौँ । यस अफर अन्तर्गत कस्ता डाटा र भ्वाईस प्याकेजका अफरहरु छन् ? ती अफरहरुको प्रयोग गर्न कति पैसा लाग्छ ? ती मध्ये कुन अफर प्रभावकारी छ र त्यो अफरलाई कसरी मोबाईलमा सुचारु गर्ने भनेर यो भिडियोमा जानकारी दिइएको छ । पुरा जानकारीका लागि भिडियोलाई अन्तिमसम्मै हेरिदिनुहोला ।

पिडिएफ फाईल बनाउने सबैभन्दा सजिलो तरिका
आदरणीय दर्शकविन्द, तपाईहरुले पिडिएफ फाईलका बारेमा त सुन्नुभएको नै छ । हामी हाम्रो अफिस तथा व्यक्तिगत प्रयोजनका लागि पिडिएफ फाईलको प्रयोग गरिरहेका हुन्छौँ । पिडिएफको पुरा रुप पोर्टेबल डकुमेन्ट फम्र्याट हो । यो प्रिण्टेड भर्सनलाई ईलेक्ट्रोनिक भर्सनमा पढ्न मिल्ने सजिलो तरिकाका रुपमा पनि लिने गरिन्छ । अनि यसलाई ईमेजका रुपमा कन्भर्ट गर्न पनि सजिलो हुन्छ । पिडिएफ फाईललाई तपाई मोबाईलमा पनि खोल्न सक्नुहुन्छ । आजको यस भिडियोमा तपाईलाई वल्र्ड फाईललाई पिडिएफ बनाउने सबैभन्दा सजिलो तरिका बताउँदैछु । यो पिडिएफ फाईल बनाउन तपाईलाई कुनै पनि थप सफ्टवयरको आवश्यकता पर्दैन । तपाई केबल एक दुई क्लिकमै पिडिएफ फाईल बनाउन सक्नुहुन्छ । यो तरिकाबाट तपाई वर्ल्ड फाईल मात्र नभई फोटो, पावरप्वाईन्ट, एक्सेल, पेजमेकर फाईल लगायतका सबै फाईललाई पिडिएफमा कन्भर्ट गर्नसक्नुहुन्छ । आउनुहोस् यो तरिका सिकौँ ।

अब जिमेलबाटै जुममा जस्तै यसरी मिटिङ गरौँ
विश्व नै समस्यामा परेको बेलामा अनलाईन भिडियो मिटिङ तथा अनलाईन कक्षा संचालनका लागि जुम लगायतका एपह? निकै प्रभावकारी सावित भएका छन् । अब भने ईन्टरनेट दुनियाँको सफल कम्पनी गुगलले पनि जुमको जस्तै सुविधा प्रयोग कर्ताह?लाई उपलब्ध गराएको छ । गुगल मिट नामक एपबाट गुगलले यस्तो सेवा सु? गरेको हो जसमा तपाईले तपाईको जिमेल आईडी प्रयोग गरेर बढीमा १०० जनासँग एकैपटक भिडियो कल गरी मिटिङ तथा अध्ययनह? गर्न सक्नुहुन्छ । तपाईले यसको फ्रि भर्सनमै यो सुविधा पाउनसक्नुहुनेछ । हुन त गुगलले धेरै वर्ष पहिलेदेखि नै गुगल ह्याङ आउट्स मार्फत यस्तै सेवा दिएको थियो तर यसका सिमाह? तोकिएका थिए । अब भने यसले यसको दायरा बढाएको छ । कसरी गर्ने त गुगल मिट एपको प्रयोग ? यस भिडियो सामग्रीमा तपाईलाई गुगल मिट एप ईन्स्टल गर्न, मिटिङ जोईन गर्न र मिटिङ सञ्चालन गर्न वा कक्षा संचालन गर्न आवश्यक सबै जानकारीह? दिँदैछु । साथै केही सेटिङह?का बारेमा पनि बताउनेछु । कृपया भिडियो अन्तिमसम्मै हेर्नुहोला । यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । आउनुहोस् यो एपमा मिटिङ गर्ने तरिकाबारे जानकारी लिउँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*