नेपाल आईडलकी स्वस्तिका ढकालको पहिलो अफिसियल गीत तयार

३ श्रावण २०७७, शनिबार २०:३८

मकवानपुर, ३ साउन । नेपाल आईडलबाट चर्चामा आएकी स्वस्तिका ढकालको पहिलो अफिसियल गीत तयार भएको छ । स्वस्तिकाको ‘कसले भन्यो तिमीलाई’ बोलको गीत तयार भएको हो । आफ्नो पहिलो अफिसियल गीत तयार भएको बारेमा स्वस्तिकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । सामाजिक सञ्जालमा गीतको पोष्टर सार्वजनिक गर्दै स्वस्तिकाले लेखेकी छिन्–‘नमस्ते सम्पूर्णमा, अब प्रतिक्षाको घडी समाप्त हुँदैछ , यो पोष्ट शेयर गरेर सबैले साथ दिनुहोला है ।’

स्वस्तिकाको यो गीत २०७७ साउन १२ गते सार्वजनिक हुने बताइएको छ । चर्चित गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको हो । गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा स्वस्तिकाकै फिचरिङ गरिएको छ । अनिश आयु बाबाको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई स्वस्तिकाले नै परिकल्पना गरेकी हुन् । भिडियोको सम्पादन सुशिल र सेशाले गरेका छन् ।

नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर सर्वाधिक चर्चामा आएकी स्वस्तिका मकवानपुरको हेटौँडा ८ कमाने निवासी हुन् । २३ वर्षीया स्वस्तिकाले सानैमा विद्यालयमा अध्ययन गर्दाको समयदेखि नै साँगितिक क्षेत्रमा आफुलाई अगाडि बढाएकी थिईन् । संगितको औपचारिक शिक्षा नलिएता पनि उनले सानैमा सिकेको बालगीतसँगै उनको संगीतको यात्रा अघि बढेको थियो । स्वस्तिका संगीतलाई पिडा भुलाउने थेरापीका रुपमा परिभाषित गर्छिन् । उनी केही वर्षयता स्वदेशका विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त भइरहेकी छिन् । उनले विभिन्न सांगितिक प्रतियोगिताहरुमा सहभागी भएर सफलता समेत हात पारेकी छिन् ।

यो पनि हेर्नुहोस्–
यति राम्रो बन्यो प्रविण बेड्वालको ‘छुट्नु पर्नेसँग’
चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको सिजन ३ मा तहल्का मच्चाउन सफल प्रतियोगी प्रविण बेड्वालको नयाँ अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतका उस्तादका रुपमा चर्चा कमाउन सफल प्रविणको आवाजमा सजिएको ‘छुट्नु पर्नेसँग’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । यस अघि नै उनको अर्को गीतको पनि लिरिकल भर्सन सार्वजनिक भइसकेको छ ।

दोस्रो गीत भने उनको पहिलो अफिसियल म्यूजिक भिडियोका रुपमा सार्वजनिक भएको हो । अघिल्लो गीतलाई लिरिकल भर्सनमा मात्र सार्वजनिक गरेका प्रविणले दोस्रो गीतलाई भने म्यूजिक भिडियोकै रुपमा दर्शकमाझ ल्याएका छन् । दोस्रो गीत ‘छुट्नु पर्नेसँग’ को अफिसियल म्युजिक भिडियो दश म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । १७ जुलाई २०२० मा सार्वजनिक भएको यस गीतमा शम्शेर राईको शब्द तथा शंकर स्माईलको संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । गीतको म्युजिक भिडियोमा बिमला खाजुम ‘निवा’ र भरत महर्जनले अभिनय गरेका छन् । देवजंग थापाको छायाँकन तथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई प्रदिप बस्नेतले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा एउटा वियोगान्त प्रेमकथा देखाइएको छ । जुन भिडियो हेर्दासम्मै रहस्यमय देखिन्छ । हेर्नुहोस् भिडियो रिपोर्ट–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*