यति राम्रो बन्यो प्रविण बेड्वालको ‘छुट्नु पर्नेसँग’

३ श्रावण २०७७, शनिबार १९:३४

मकवानपुर, ३ साउन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको सिजन ३ मा तहल्का मच्चाउन सफल प्रतियोगी प्रविण बेड्वालको नयाँ अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतका उस्तादका रुपमा चर्चा कमाउन सफल प्रविणको आवाजमा सजिएको ‘छुट्नु पर्नेसँग’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

यस अघि नै उनको अर्को गीतको पनि लिरिकल भर्सन सार्वजनिक भइसकेको छ । दोस्रो गीत भने उनको पहिलो अफिसियल म्यूजिक भिडियोका रुपमा सार्वजनिक भएको हो । अघिल्लो गीतलाई लिरिकल भर्सनमा मात्र सार्वजनिक गरेका प्रविणले दोस्रो गीतलाई भने म्यूजिक भिडियोकै रुपमा दर्शकमाझ ल्याएका छन् । दोस्रो गीत ‘छुट्नु पर्नेसँग’ को अफिसियल म्युजिक भिडियो दश म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । १७ जुलाई २०२० मा सार्वजनिक भएको यस गीतमा शम्शेर राईको शब्द तथा शंकर स्माईलको संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । गीतको म्युजिक भिडियोमा बिमला खाजुम ‘निवा’ र भरत महर्जनले अभिनय गरेका छन् । देवजंग थापाको छायाँकन तथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई प्रदिप बस्नेतले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा एउटा वियोगान्त प्रेमकथा देखाइएको छ । जुन भिडियो हेर्दासम्मै रहस्यमय देखिन्छ । हेर्नुहोस् भिडियो–

गीतका बारेमा गायक प्रविण बेड्वालसँगै संगीतकार शंकर थापा स्माईल लगायतका टिमले फेसबुक लाईभमा समेत आएर जानकारी दिएका थिए । यसअघि प्रविणको लिरिकल भर्सनमा ‘यसलाई पर्दा’ बोलको गीत सार्वजनिक भएको थियो । विश्व नै कोरोना महामारीसँग जुधिरहेको बेलामा मानव समुदायमा आएको संकटका विषयमा गीत तयार भएको छ । मानिसमाथि ठूलो बज्रपात परेको र अहिले मानवता भन्ने चिज नै हराउन थालेको विषयमा गीतका शब्दहरु कोरिएका छन् । कोरोना महामारी सुरु हुनुपूर्व एकअर्कालाई सहयोग गर्दै आएका मानिसहरु अहिले कोरोनाका डरले मानविय संवेदना देखाउन चुकेको विषयहरु शब्दहरु कोरिएका छन् । प्रविणको आवाजमा तयार भएको गीतमा बसन्त लम्सालको शब्द तथा संगीत रहेको छ । बुढासुब्बा डिजिटलबाट जुन २५ मा गीत सार्वजनिक गरिएको हो ।

नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ मा पुगिसकेका प्रविण बेड्वाल नेपाली संगीतको आकाशमा चर्चा कमाउँदैछन् । सिजन ३ मा सर्वाधिक चर्चा कमाउन सफल प्रविणका प्रस्तुतिहरु दर्शक श्रोतामाझ चर्चामा छन् । प्रविणको अन्य गीतहरु समेत सार्वजनिक हुने क्रममा छन् ।
आदरणीय दर्शकविन्द तपाईलाई प्रविणको गीत कस्तो लाग्यो सुनेर कमेन्ट गर्नुहोस् । यस भिडियोको डिस्क्रीप्सनमा गीतको लिंक र प्रविणको युट्युब च्यानलको लिंक पनि राखिएको छ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*