प्रविण बेड्वाल फेसबुक लाईभमा रमाउँदै

२ श्रावण २०७७, शुक्रबार ०९:१९
Featured Video Play Icon

मकवानपुर, २ साउन । नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ सम्म पुगिसकेका प्रविण बेड्वाल आजभोलि फेसबुक लाईभमार्फत आफ्ना श्रोता दर्शकहरुमाझ पुगिरहेका छन् । नेपाल आईडलको मञ्चमा संगीतका उस्तादका रुपमा चिनिएका उनले लक डाउनका समयमा विभिन्न सहयोग कार्यमा पनि जुटेका थिए । प्रविणले आफ्नो फेसबुक प्रोफाईलबाट मात्र नभई विभिन्न संघसंस्थाका अफिसियल फेसबुक पेजमार्फत पनि सबैलाई संगीतका माध्यमबाट हौसला प्रदान गरिरहेका छन् । अनि श्रोता दर्शकको मनसम्म पुग्ने प्रयास गरिरहेका छन् । प्रविणले गतसाता आफ्नो पुरानो भिडियोलाई पनि फेसबुक मार्फत शेयर गरेका छन् । उनले २०२० मे ११ तारिखमा आफ्नो फेसबुक मार्फत पुराना केही यादहरु भन्दै सुमधुर गीत दर्शक श्रोताहरुमाझ साझा गरेका छन् । हेरौँ अनि सुनौँ उनले फेसबुकमा शेयर गरेको गीत–

त्यसअघि नै उनी आफ्नै फेसबुकमार्फत मे १० तारिखमा करिब पौने नौबजे राति लाईभमा आएका थिए । उनले लाईभमा विभिन्न गीतहरु पनि सुनाएका थिए । उनी सो समयमा साढे ४३ मिनेट लाईभ आएका थिए । उक्त लाईभमा उनले ‘तिम्रो जस्तो मुटु’ बोलको गीतलाई आफ्नो प्राण भएको बताएका थिए । उक्त गीतले आफुलाई पहिचान दिएको पनि उनले बताएका थिए । उनले उक्त लाईभमा हजार सपनाहरुको, गाजलु ति लगायतका बोलको गीत गाएका थिए । आदरणीय दर्शकविन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्–
यति सस्तो अफर
नेपाल टेलिकमले विभिन्न आकर्षक योजनाहरु बेला–बेलामा सार्वजनिक गर्ने गरेको छ । यदि तपाई पनि एनटिसी अर्थात नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ भने ती अफरहरुको प्रयोग आफुलाई अनुकुल पर्छ भने प्रयोग गर्न सक्नुहुन्छ । यस भिडियोमा हामी तपाईलाई एनटिसीको ‘स्प्रीङ अफर’ का बारेमा जानकारी दिँदैछौँ । यस अफर अन्तर्गत कस्ता डाटा र भ्वाईस प्याकेजका अफरहरु छन् ? ती अफरहरुको प्रयोग गर्न कति पैसा लाग्छ ? ती मध्ये कुन अफर प्रभावकारी छ र त्यो अफरलाई कसरी मोबाईलमा सुचारु गर्ने भनेर यो भिडियोमा जानकारी दिइएको छ । पुरा जानकारीका लागि भिडियोलाई अन्तिमसम्मै हेरिदिनुहोला ।

पिडिएफ फाईल बनाउने सबैभन्दा सजिलो तरिका
आदरणीय दर्शकविन्द, तपाईहरुले पिडिएफ फाईलका बारेमा त सुन्नुभएको नै छ । हामी हाम्रो अफिस तथा व्यक्तिगत प्रयोजनका लागि पिडिएफ फाईलको प्रयोग गरिरहेका हुन्छौँ । पिडिएफको पुरा रुप पोर्टेबल डकुमेन्ट फम्र्याट हो । यो प्रिण्टेड भर्सनलाई ईलेक्ट्रोनिक भर्सनमा पढ्न मिल्ने सजिलो तरिकाका रुपमा पनि लिने गरिन्छ । अनि यसलाई ईमेजका रुपमा कन्भर्ट गर्न पनि सजिलो हुन्छ । पिडिएफ फाईललाई तपाई मोबाईलमा पनि खोल्न सक्नुहुन्छ । आजको यस भिडियोमा तपाईलाई वल्र्ड फाईललाई पिडिएफ बनाउने सबैभन्दा सजिलो तरिका बताउँदैछु । यो पिडिएफ फाईल बनाउन तपाईलाई कुनै पनि थप सफ्टवयरको आवश्यकता पर्दैन । तपाई केबल एक दुई क्लिकमै पिडिएफ फाईल बनाउन सक्नुहुन्छ । यो तरिकाबाट तपाई वर्ल्ड फाईल मात्र नभई फोटो, पावरप्वाईन्ट, एक्सेल, पेजमेकर फाईल लगायतका सबै फाईललाई पिडिएफमा कन्भर्ट गर्नसक्नुहुन्छ । आउनुहोस् यो तरिका सिकौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*