यति राम्रो बन्यो सज्जा चौलागाईको पहिलो गीत ‘गुलाब सरी’

१ श्रावण २०७७, बिहीबार १७:१४

मकवानपुर, १ साउन । नेपाल आईडल सिजन ३ की चर्चित प्रतियोगी सज्जा चौलागाईको पहिलो अफिसियल गीत रिलिज भएको छ । सज्जाको ‘गुलाब सरी’ बोलको यो गीत नै पहिलो अफिसियल गीत हो । मनिश अधिकारीको शब्द, कल्याण सिंहको संगीत र दिक्षित पौडेलको एरेञ्जमा गीत तयार भएको हो । सज्जाको अफिसियल युट्युब च्यानलमार्फत गीतको लिरिकल भर्सन सार्वजनिक भएको हो ।

सार्वजनिक भएको गीत निकै रोमान्टिक बनेको छ । पहिलो गीतले सबैको मन जित्नसक्ने देखिएको दर्शकहरु बताउँछन् । यसअघि उनले नेपाल आईडलबाट धेरैको मन जितीसकेकी छिन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् । उनी नेपाल आईडलको सिजन ३ मा सर्वाधिक अवार्ड प्राप्त गर्ने प्रतियोगी हुन् । उनी उत्कृष्ट ४ भित्र प्रतिस्पर्धा गरिरहेकी छिन् । हेर्नुहोस् गीतको लिरिकल भिडियो–

यो पनि हेर्नुहोस्–
सज्जाले आफ्नो फेसबुक पेजमार्फत पहिलो गीत तयार भएको जानकारी दिएकी हुन् । गीतबारे जानकारी दिँदै सज्जाले लेखेकी छिन्–‘लेखक मनिश अधिकारी, संगितकार कल्याण सिंह तथा दिक्षित पौडेलको संयोजनमा तयार पारिएको ‘गुलाब सरि’ शिर्षकको गित तपाई श्रोताहरूमाझ चाँडै आउँदै छ । आशा छ तपाईहरूले यो गीत सुनेर मप्रति बिश्वास जगाईदिनुहुनेछ भन्ने कामना गरेकी छु । हजुरहरूकौ सज्जा चौलागाई ।’हेर्नुहोस् भिडियो–

राजेश हमाल भन्छन्–‘दिपा मेरी सहकर्मी हुन्, उनलाई माफी दिनुहोस्’हेर्नुहोस् भिडियो–

प्रधानमन्त्री केपी शर्मा ओली मिजासिला बोली बोल्छन् । उनका प्राय बोलीहरुले मानिसहरुलाई निकै रमाईलो महशुस गराउँछ । मिठो बोली बोल्दा पनि कहिलेकाँही उनका शब्दहरु निक्कै चोटिला हुनसक्छन् । हेर्नुहोस् उनको यो रमाईलो भिडियो–

नेपालमा कोरोना भाईरसको वास्तविक आँकडा कस्तो छ ? हेर्नुहोस् आजको अपडेट–

कुनै बेला नेपाली चलचित्रमा एकछत्र राज गर्न सफल चर्चित नायक राजेश हमाल महानायकका रुपमा चर्चामा छन् । उनले अभिनय यात्रा सुरु गर्दाको समयदेखि नै नेपाली सिने क्षेत्रमा चर्चा कमाएका थिए । कुनै पनि नेपाली चलचित्रको पोष्टरमा उनको अनुहार मात्रै देखाउँदा पनि हलमा उनका फ्यानहरुको ओईरो लाग्थ्यो ।ं पछिल्लो समय फिल्मी क्षेत्रमा खासै सक्रिय नभए पनि उनका डाईलग र चलचित्रका फ्यानहरु अझै ठूलो जमातमा छन् । चलचित्र क्षेत्रकै कलाकारहरु पनि उनका फ्यान छन् । यस भिडियो सामग्रीमा हामीले राजेश हमाल अभिनित सुपरहिट १० चलचित्रहरुका बारेमा चर्चा गर्दैछौँ । यी चलचित्रहरु युट्युबमा पनि उपलब्ध छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*