तामाङ गीत ‘खाल्से ब्रिबा मुग्याम माया’ मा त्यागको कथा

२८ असार २०७७, आईतवार १३:२३

मकवानपुर, २८ असार । तामाङ भाषाको नयाँ गीत ‘खाल्से ब्रिबा मुग्याम माया’ सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियो टिएफ च्यानलबाट सार्वजनिक भएको हो । चर्चित गायिका निर्मला घिसिङको आवाज रहेको गीत ‘तिङ्ला स्हेर’ एल्बममा समावेश छ । रामजी घलानको शब्द र अमृत लामाको संगीतमा गीत तयार भएको हो ।

गीतको म्यूजिक भिडियामो चर्चित कलाकार सुस्मिता तामाङ, सुरेन्द्र तामाङ, ध्रुवसिंह तामाङ, अश्मिता तामाङ, सम्झना तामाङ लगायतको अभिनय रहेको छ । जयन कुमार मोक्तानको निर्देशन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई रामजी घलानले खिचेका हुन् ।

गीतको म्युजिक भिडियोमा एक क्यामेराम्यान र उनको श्रीमतीको कथा छ । परिस्थिति जस्तो भएता पनि एकअर्काको प्रेमका लागि यी दुबैले आ–आफ्नो पक्षबाट प्रेममा त्याग गर्छन् । कथाबारे पुरा जान्न यो भिडियो हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*