नेपाल स्टारमा दोस्रो चरणका लागि छानिएका उत्कृष्ट ८४ जना प्रतियोगीहरु यस्ता छन्

२५ असार २०७७, बिहीबार १७:१७
Featured Video Play Icon

मकवानपुर, २५ असार । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ का ७ स्थानमा भएका अडिसन राउण्डहरु युट्युब मार्फत सार्वजनिक हुनुका साथै नेपाल टेलिभिजनमार्फत प्रसारण भईसकेका छन् । ७ स्थानमा भएको अडिसनबाट टेलिभिजनमा दिइएको जानकारी अनुसार ८४ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । नेपाल स्टारको पोखरा अडिसनबाट १६ जना, बुटवलबाट १० जना, चितवनबाट १३ जना , धनगढीबाट ११ जना, सुर्खेतबाट ९, ईटहरीबाट १५ र बर्दिवासबाट १० जना गरी जम्मा ८४ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका हुन् । हुन त टेलिभिजनबाट क्लिप नदेखाइएका अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् । तर यी विवरणहरु टेलिभिजनमा प्रसारण भएको भिडियो क्लिपहरुमा आधारित छन् । यस भिडियो सामग्रीमा यी सातै स्थानको अडिसनबाट छानिएका यी नै ८४ जना प्रतियोगीहरुका बारेमा छोटकरीमा चर्चा गरिएको छ । ८४ जनाको जानकारी दिँदा भिडियो केही लामो हुनसक्छ, कृपया सकेसम्म पुरा भिडियो हेरिदिनुहोला । तपाईको विचारमा यी अडिसनका प्रतियोगीहरुमध्ये कुन अडिसनका प्रतियोगीहरु दोस्रो राउण्ड पनि पार गर्दै तेस्रो राउण्डमा पुग्छन् होला ? कृपया यो भिडियो हेरिसकेपछि कमेन्ट गर्नुहोस् । आउनुहोस् पोखरा अडिसनदेखि क्रमश चर्चा गरौँ ।

आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*