मिस नेपाल २०२० बन्ने मौका खुल्यो

२४ असार २०७७, बुधबार १९:४१
Featured Video Play Icon

मकवानपुर, २४ असार । मिस नेपाल २०२० को लागि आवेदन दिने अन्तिम म्याद थप गरिएको छ । द हिडन ट्रेजरले जुलाई ३१, २०२० सम्मका लागि आवेदनको म्याद थप गरेको हो । मिस नेपालमा सहभागी हुन चाहाने र योग्यता पुगेकाहरुले मिस नेपालको वेबसाईटमा गएर आवेदन पत्र डाउनलोड गरी आवेदन भर्न सक्नेछन् । हेर्नुहोस् भिडियो–

यस अघि नै आयोजक हिडन ट्रेजरले २०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने जानकारी गराएको थियो । यसवर्षदेखि विजेताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार प्रदान गरिने समेत जनाइएको छ । यसअघि नै मिस नेपालको अडिसन देशको विभिन्न ९ शहरमा हुने भनिएकोमा लकडाउन अघि नै विभिन्न ठाउँमा अडिसनहरु समेत भएका छन् ।

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवोदन दिन पाउनेछन् । यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश हुनेछ । मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुप्रानेश्नल । मिस युनिभर्स भने यस वर्ष हुनेछैन । हरेक वर्ष रिन्यु गर्नुपर्ने यस विधामा यो वर्ष भने नेपालीलाई अनुमति दिएको छैन । आदरणीय दर्शकविन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*