तामाङ गीत ‘एला लिला’ सार्वजनिक

२३ असार २०७७, मंगलवार १७:४१

चन्द्र घलान, मकवानपुर, २३ असार । तामाङ भाषाको नयाँ गीत ‘एला लिला’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्हारमेन मिडियाको अफिसियल युट्युब च्यानलमार्फत गीतको म्यूजिक भिडियो मंगलबार सार्वजनिक भएको हो ।

चर्चित गायिका जितु लोप्चन र गायक प्रशान्त दोङको आवाजमा सजिएको गीतमा आशिक तामाङ दोङको शब्द रहेको छ । गीत कर्साङ लामाको संगीत तथा एरेञ्जमा तयार भएको हो ।

गीतको म्युजिक भिडियोमा तामाङ चलचित्र जगतका चर्चित नायक अमिर दोङ र चर्चित मोडल पूर्णिमा लामा थोकरको अभिनय देख्न सकिन्छ । प्रेमिल जोडीको रोमान्टिक भावना समेटिएको गीतको म्यूजिक भिडियोलाई गंगाराम राईले खिचेका हुन् । नायक दोङकै निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोमा हेरुका लामाको कोरियोग्राफी रहेको छ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*