समस्यामा परेकालाई सहयोग गर्दै नेपाल आईडलका प्रविण बेड्वाल र नेशन पुन मगर

१९ असार २०७७, शुक्रबार १५:२७
Featured Video Play Icon

मकवानपुर, १९ असार । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ का २ जना प्रतियोगीहरु कोरोना भाईरसका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न एकजुट भएका छन् । आफ्नो सुमधुर आवाजले श्रोता र दर्शकको मन जित्न अग्रसर प्रविण बेड्वाल र नेशन पुन मगरले मानवीय सहयोगमार्फत पनि श्रोता दर्शकहरुको मन जितेका छन् । यस भिडियोमा अहिलेको विषम परिस्थितिमा सहयोगका लागि एकजुट भएका प्रविण र नेशनको सहयोगका बारेमा चर्चा गरेका छौँ । हेर्नुहोस् भिडियो-

नेपाल आईडलमा संगीतको उस्तादका रुपमा चिनिएका प्रविण बेड्वालले सहयोग कार्यलाई निरन्तरता दिईरहेका छन् । प्रविणले काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित ‘नवजीवन परोपकार समाज’ मा ३०० सय थान मास्क र ३ थान पिपिई सेट हस्तान्तरण गरेका हुन् । उनले संस्थाका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई संस्थाको परिसरमै पुगेर सहयोग गरेका हुन् । त्यस्तै विषम परिस्थितिमा अहोरात्र खटिरहेका नेपाल प्रहरीको स्वास्थ्य सुरक्षाका लागि भन्दै प्रविणले महानगरीय प्रहरी वृत्त जनसेवा विशाल नगरलाई मास्क र पिपिई सेट सहयोग गरेका छन् । उनले कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहको कार्यकक्षमा पुगेर २०० सय थान मास्क र २ सेट पिपिई प्रदान गरेका थिए । बर्दिया निवासी प्रविण बेड्वाल अहिले नेपाल आईडल सिजन ३ मा उत्कृष्ट ४ मा भिडिरहेका छन् ।

नेपाल आईडलका अर्का चर्चित प्रतियोगी नेशन पुन मगर विषम परिस्थितिमा सहयोग अभियान नै चलाएर हिँडेका छन् । उनी लगातार उनको टिमसँगै अलपत्र परेका यात्रुलाई सहयोग गर्नदेखि राहत वितरणसम्ममको काममा खटिएका छन् । सहयोग लिएर विद्यार्थीहरुमाझ पनि पुगेका नेशन आफ्नो फेसबुक पेजबाट पनि समस्यामा परेकाहरुका बारेमा लेखिरहेका छन् अनि सहयोगमा जुट्न सबैलाई आह्वान गरिरहेका छन् । उनी र उनको टिम करिब ३ हप्तादेखि सहयोगमा जुटेको हो । म्याग्दी घर भई पोखरामा बसिरहेका विद्यार्थी तथा अभावमा परेका अन्य दैनिक ज्यालादारी मजदुरहरुलाई सहयोग गर्न नेशनसहितको टिम जुटेको छ । नेशनको टिमलाई सहयोग गर्दै जयकला पुन, इज्रायलमा कार्यरत मनकुमारी गर्बुजा मगर, बेल्जियम निवासी समाज सेवी निता बुदुजा, नारायण पुन, दिपक बुदुजा, प्रकाश पौडेल लगायतका दर्जनौँ सहयोगीहरु एकजुट भएर लागेका छन् । लकडाउनले पोखरामा समस्यामा परेकालाई खाद्यान्न वितरणसँगै नागरिकलाई जोगाउन निरन्तर खटिएका सडकमा भेटिने सुरक्षाकर्मीलाई समेत यो टोलीले सहयोग हस्तान्तरण गर्ने गरेको छ ।

लकडाउनमा पोखरामा विभिन्न चोक, गल्लीमा राहत वितरण गरिरहेका पुनले समस्यामा परेकालाई सहयोग जुटाउने अभियानमा आफुले सकेको सहयोग गरेको बताएका छन् । उनको टिमले खाद्यान्न सहयोग गर्न चाहनेहरुको पसल, गोदाम वा बोलाएको ठाउँमा पुगेर सहयोग जुटाएर समस्यामा परेकालाई वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,चित्रे स्थायी घरभई हाल पोखरामा बस्दै आएका उनी नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ मा भिडिरहेका छन् । आदरणीय दर्शकविन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*