प्रविण बेड्वालको पहिलो गीत सार्वजनिक

१५ असार २०७७, सोमबार ०६:३८
Featured Video Play Icon

मकवानपुर, १५ असार । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको सिजन ३ मा तहल्का मच्चाउन सफल प्रतियोगी प्रविण बेड्वालको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । संगीतका उस्तादका रुपमा चर्चा कमाउन सफल प्रविणको आवाजमा सजिएको ‘यसलाई पर्दा’ बोलको गीत सार्वजनिक भएको हो । विश्व नै कोरोना महामारीसँग जुधिरहेको बेलामा मानव समुदायमा आएको संकटका विषयमा गीत तयार भएको छ । हेर्नुहोसु भिडियो रिपोर्ट–

मानिसमाथि ठूलो बज्रपात परेको र अहिले मानवता भन्ने चिज नै हराउन थालेको विषयमा गीतका शब्दहरु कोरिएका छन् । कोरोना महामारी सुरु हुनुपूर्व एकअर्कालाई सहयोग गर्दै आएका मानिसहरु अहिले कोरोनाका डरले मानविय संवेदना देखाउन चुकेको विषयहरु शब्दहरु कोरिएका छन् । प्रविणको आवाजमा तयार भएको गीतमा बसन्त लम्सालको शब्द तथा संगीत रहेको छ । बुढासुब्बा डिजिटलबाट जुन २५ मा गीत सार्वजनिक गरिएको हो ।

नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ मा पुगिसकेका प्रविण बेड्वाल नेपाली संगीतको आकाशमा चर्चा कमाउँदैछन् । सिजन ३ मा सर्वाधिक चर्चा कमाउन सफल प्रविणका प्रस्तुतिहरु दर्शक श्रोतामाझ चर्चामा छन् । प्रविणको अन्य गीतहरु समेत सार्वजनिक हुने क्रममा छन् । प्रविणको आवाजमा तयार हुँदै गरेको ‘छुट्नुपर्ने सँग किन भेट हुन्छ’ बोलको गीत पनि सार्वजनिक हुने तयारीमा छ । शम्शेर राईको शब्द तथा शंकर स्माईलको संगीतमा तयार हुँदै गरेको गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । प्रविणले केही समयअघि आफ्नै युट्युब च्यानल पनि सुरु गरेका छन् ।

आदरणीय दर्शकविन्द तपाईलाई प्रविणको गीत कस्तो लाग्यो सुनेर कमेन्ट गर्नुहोस् । यस भिडियोको डिस्क्रीप्सनमा गीतको लिंक र प्रविणको युट्युब च्यानलको लिंक पनि राखिएको छ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*