हेटौँडा १२ मा काँग्रेस परित्याग गरी नेकपामा प्रवेश

१५ असार २०७७, सोमबार ०६:२८

मकवानपुर, १५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा केही युवाहरुले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आईतबार हेटौँडा १२ चारघरेमा भएको पार्टी प्रवेश कार्यक्रममा त्यहाँका २३ जना युवाहरुले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दै नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुमन वाईबा, सुन्दर स्याङ्तान, दिनेश वाईबा, राजन भोम्जन, विजय स्याङ्तान, प्रेम थिङ लगायतका युवाहरु नेकपामा प्रवेश गरेको . हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानले जानकारी दिएका छन् । पार्टीमा प्रवेश गरेका युवाहरुलाई प्रमुख अतिथि रानाले स्वागत गरेका छन् । कार्यक्रममा वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबा लगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*