समाचार

४० केजी गाँजा सहित मकवानपुरका अञ्जन पक्राउ

मकवानपुर, ६ साउन । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने ४३ वर्षीय अञ्जन शाहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति अन्दाजी१ बजेको समयमा ४० केजी लागु औषध गाँजासहित उनलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले दाबी गरेको छ । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ०२ कालिधापमा उनलाई पक्राउ गरिएको हो […]

सरकारले किन चाहेको जति पैसा छाप्दैन ? (भिडियो)

चन्द्र घलान, मकवानपुर, ५ साउन । दर्शकबिन्द, संसारका प्राय सबै देशसँग आफ्नो मुलुकको पैसा छाप्ने मेसिन छ । तर किन सरकारले चाहेको जति पैसा छाप्न सक्दैन ? एकपटक सोच्नुहोस् त यदि सरकारले चाहेको जति पैसा छापेर नेपालका गरिब जनतालाई एक अरबका दरले बाँडिदिने हो भने सायद नेपालको गरिबि सकिन्थ्यो कि ? यदि सरकारले चाहेको जति […]

विद्यार्थी, एकल महिला र वृद्धवृद्धालाई सम्मान

मकवानपुर, ५ साउन । मकवानपुरको हेटौडा–१८ मा रहेको हर्नामाडी न्युमेन चर्चको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । हर्नामाडी न्युमेन चर्चको अध्यक्ष तथा पास्टर जिवन लामाको अध्यक्षतामा आफ्नै मण्डली भवनमा कार्यक्रम भएको हो । कार्यक्रममा चर्चका बाबुलाल मुक्तानले पेश गरेको आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण […]

प्रहरीलाई गोली हान्ने मकवानपुरका गाँजा तस्कर पक्राउ (भिडियो सहित)

मकवानपुर, ५ साउन । मकवानपुर प्रहरी टोलीलाई गए राति गोली हान्न प्रयास गरेका एक गाँजा तस्करलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरी लागू औषध गाँजा र हतियार सहित पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ ढुङगेन बस्ने ४३ वर्षीय कुमार स्याङ्तान भनेर चिनिने राजु […]

मकवानपुरका करप रुम्बाको दोस्रो गीत सार्वजनिक

मकवानपुर, ५ साउन । मकवानपुरका उदयीमान गायक करप रुम्बाको दोस्रो गीतको लिरिकल भर्सन सार्वजनिक भएको छ । यस अघि ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको सेलो गीत बजारमा ल्याएका उनले यस पटक भने डान्सिङ पप भर्सनको गीत तयार पारेका छन् । ‘सुनी देउन’ बोलको उनको नयाँ गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । अहिले […]

हेटौँडा बचतले प्रस्तुत गर्यो १ अर्ब ४४ करोडको बजेट

मकवानपुर, ४ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वती स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आर्थिक बर्ष २०७५–७६ को समिक्षा तथा आगामी आर्थिक बर्ष २०७६–७७ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा शनिवार संस्थाको सभाहलमा भएको कार्यक्रममा प्रबन्धक रामशरण गौतमले आर्थिक वर्ष […]

मृगौलाको समस्यासँग जुध्दै धादिङका सोमबहादुर मगर, सहयोग गर्न अपिल

धादिङ, ३ साउन । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी १८ वर्षीय सोमबहादुर मगर कलिलो उमेरमै मृगौलाको समस्यासँग जुध्दै छन् । धादिङ निवासी लालबहादुर मगरका छोरा सोमबहादुरको अहिले दुबै मृगौलाले काम नगर्ने भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि उनी आफ्नो थप उपचारको लागि सहयोगको अपिल गर्न बाध्य भएका छन् । घरको आयश्रोतले […]

हेटौँडा औद्योगिक क्षेत्रमा प्रगति माविका विद्यार्थी

आशिष खतिवडा, मकवानपुर, ३ साउन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रगति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले हेटौँडा ८ मा रहेको एन्टार्टिक बिस्कुट प्रालिमा अवलोकन भ्रमण गरेका छन् । प्रयोगात्मक विषयमा पनि विद्यार्थीहरुलाई सक्षम बनाउने उदेश्यका साथ प्रत्येक वर्ष विद्यालयले भ्रमण गराउने गरिएको विद्यालयका प्राचार्य निरञ्जन ढकालले बताए । भ्रमणमा क्रममा […]

युग चेतनाको अध्यक्षमा सातौँ पटक कुमार डिम्डुङ चयन

मकवानपुर, ३ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बनस्पतिमा अवस्थित श्री युग चेतना आधारभुत प्राविको आज २३ औँ अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयका ज्येष्ठ सदस्य तथा १३ नम्बर वडाका वडा सदस्य सन्त बहादुर तितुङको अध्यक्षता तथा १३ नम्बर वडाका वडा अध्यक्ष मनोज कुमार वाइबाको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलाले […]

शम्सेर घिसिङकी श्रीमतीको पिडा, विप्लव कार्यकर्ता नभएको दाबी

मकवानपुर, ३ साउन । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ का शम्सेर घिसिङका परिवारले उनी विप्लव गतिविधिमा संलग्न नभएको बताएका छन् । घिसिङलाई गत असार ११ गते बकैया ४ बाट विप्लव नेतृत्वको युवा संघको अध्यक्ष भएको भन्दै प्रहरीले पक्राउ गरेपछि परिवारले यस्तो बताएका हुन् । न्युज क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सम्शेर […]