कला/संस्कृति

ज्यानमारा परेवा भीर र चट्याङको त्रासबारे बोले सांसद ओमबहादुर घलान (भिडियो)

चन्द्र घलान, मकवानपुर, २७ भदौ । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानले मकवानपुरको मनहरी अन्तर्गत पर्ने परेवा भीरको त्रास र चट्याङले पारेको पिडाका बारेमा संसदमा सवाल उठाएका छन् । मकवानपुरको ग्रामिण क्षेत्रमा चट्याङ परेर थुप्रैको ज्यान गएको र गम्भीर घाईते भएका घटनाहरुबारे बोल्दै उनले त्यसप्रति दुःख व्यक्त गरे । सरकारले ग्रामिण क्षेत्रमा परिरहेको चट्याङका […]

चर्चित मोडल पुसन लामाको फरक लुक्स (फोटो फिचर)

मकवानपुर, २६ भदौ । पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक […]

‘तामाङको ईतिहास बचाउन’ सार्वजनिक

मकवानपुर, २४ भदौ । आदिवासी जनजाति तामाङ समुदायको ईतिहासको जगेर्ना गर्न सुझाउने सेलो गीत ‘तामाङको ईतिहास बचाउन’ युट्युबमा सार्वजनिक भएको छ । शशिकला मोक्तान र सञ्जीव वाईबाको आवाजमा सजिएको गीतमा अरुण घिसिङले शब्द तथा संगीत रहेको छ । फणिन्द्र राईको एरेञ्ज तथा सुमन खड्काको मिक्सिङमा बनेको गीतको अडियो भर्सन सार्वजनिक भएको हो । गीतलाई पर्पल […]

तामाङ गीत ‘न त साम्सी धोला माया’ को भ्यूज १ लाखभन्दा बढी

मकवानपुर, २३ भदौ । गायक अभिषेक तामाङ र गायिका सृजना स्याङ्तानको आवाजमा रहेको ‘न त साम्सी धोला माया’ बोलको गीतको म्युजिक भिडियोलाई एक लाख भन्दा बढी भ्युज प्राप्त भएको छ । गायक अभिषेक तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई व्यक्तिगत च्यानलमै यति धेरै भ्युज प्राप्त भएको हो । गीतको म्युजिक भिडियोमा चर्चित […]

हात्तिगौँडाको बुद्ध मावि नृत्यमा प्रथम

मकवानपुर, २२ भदौ । मयुरधाप स्रोतकेन्द्रमा शिक्षा दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा हेटौँडा १२ हात्तिगौँडा स्थित बुद्ध माध्यमिक विद्यालय प्रथम भएको छ । नृत्य प्रतियोगितामा बुद्ध माविका सजिना पाख्रिन, कविता ढुङ्गाना, मनिषा गोले, निमा बल, सरिता ढुङ्गाना र अन्तिमा लामाको समूह प्रथम भएको हो । प्रतियोगितमा हेटौंडा–१४ स्थित जनज्योति मावि दोस्रो र हेटौंडा १३ […]

तामाङ सिरियल ‘आबा ङाछा’ को ३५ औँ भाग हेरौँ

मकवानपुर, १९ भदौ । तामाङ भाषाको एकमात्र कमेडी तामाङ सिरियल ‘आबा ङाछा’को ‘ ३५ औँ श्रृङ्खला युट्युब मार्फत सार्वजनिक भएको छ । सिरियललाई युट्युबमा टिएफ च्यानल मार्फत सार्वजनिक गरिएको हो । यो सिरियल डिस होमको रमाइलो एचडीमा प्रत्येक बिहीबार बेलुका ७ बजे प्रसारण हुन्छ । बढिजसो तामाङ भाषा र केही पात्रगत हिसाबले नेपाली भाषा समेत […]

रविन्द्र लामाको गीतमा यस्तो रमाईलो

आशबहादुर लामा, मकवानपुर, १८ भदौ । मकवानपुरे गायक रविन्द्र लामाको नयाँ गित सार्वजनिक भएको छ । ‘आस्याङको छोरी’ बोलको गीतमा चर्चित डान्स क्रियु भिमफेदी गाइजको दमदार अभिनय रहेको छ । मंगलबार भिमफेदी गाइजको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा करिब ७० हजार पटक हेरिएको छ । रविन्द्र लामाको आफ्नै शब्द […]

२४ औँ तामाङ चलचित्र प्रदर्शन दिवस भदौ १६ गते मनाईदै

मकवानपुर, १३ भदौ । २४ औं तामाङ चलचित्र प्रदर्शन दिवस यही भदौ १६ गते भक्तपुरमा हुने भएको छ । तामाङ चलचित्र संघ नेपालको आयोजनामा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको संघका अध्यक्ष बिकु थोकरले जानकारी दिनुभयो । ‘हाम्रो कला हाम्रो पन, तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने नाराका साथ भक्तपुरको सूर्यविनायक स्थित शुभकामना पार्टी […]

वर्षाको ‘माईती घर’ यस्तो बन्यो (भिडियो)

मकवानपुर, ६ भदौ । चर्चित मोडल एवम् नव नायिका वर्षा थिङको अभिनय रहेको तीज गीत ‘माईती घर’ को भिडियो रिलिज भएको छ । सर्वसम्मान म्युजिक प्रालिको प्रस्तुति रहेको गीतमा वर्षा सँगै लक्ष्मणले अभिनय गरेका छन् । एक श्रीमतीले तीजका बेलामा आफ्नो पतिसँग माईती घर जानका लागि अनुरोध गर्दै गर्दाका भावनाहरु गीतमा समावेश छ । साथै […]

पुसन लामाको ‘दिलको राजा’ सार्वजनिक

मकवानपुर, २ भदौ । चर्चित डान्सर तथा मोडल पुसन लामाको अभिनय रहेको ‘दिलको राजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमर लिम्बुको आवाज रहेको गीतको म्युजिक भिडियोमा पुसन र करण लिम्बुको अभिनय छ । आकर्षक पहिरण, राम्रो छायाँकन, निर्देशन र सुहाउँदो कोरियोग्राफी भएका कारण गीतको म्युजिक भिडियोलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ । […]