मनहरीको मकरीमा आगलागी, करिब ३० लाखको क्षति

२६ माघ २०७५, शनिबार १४:०४
Aaglagi-Murchunga TV

-जयराम मोक्तान/ हेटौँडा, २६ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा शुक्रबार विद्युत सर्ट भएर एक घरमा आगलागी भएको छ । मकरी निवासी डिल्ली प्रसाद खनालको घरमा विद्युत सर्ट भई आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट भएको आगलागी पिडीत खनालले जनाकारी दिए । शुक्रबार मध्यान्ह करिब १२ बजे तिर खाना पकाउने समयमा आगलागी भएको हो ।

खनालकी श्रीमती घरको पालीमा रहको भान्छामा खाना पकाइरहेका बेलामा आगलागी भएको हो । घरमा अरु सदस्य कोही नभएको कारण आगलागी नियन्त्रणमा लिन नसकिएको पिडीत परिवारले बताएका छन् । स्थानियलाई ढिलो जानकारी भएकाले घरमा भएका सम्पुर्ण सरसामान पुर्ण रुपमा जलर नष्ट भएको पिडीत खनालले बताए । छरछिमेकले ढिलै जानकारी भए पनि आगोलाई नियन्त्रणको प्रयास स्वारुप हेटौँडाबाट दमकल मगाएको र इलाका प्रहरी कार्यालय पदमपोखरीबाट केही प्रहरीहरु आएता पनि ढिला भएका कारण सबै सरसमानहरु जलेर नष्ट भएको थियो ।

घरको चोटाम रहेको १ तोला सुन , ६० हजार नगद , तामा पित्तलको भाँडाकुडा, किराना पसलको सम्पुर्ण सरसामन, अन्नपानी तथा सबै लत्ताकपडा जलेर नष्ट हुँदा करिब ३० लाख बराबरको क्षति भएको हो । आगलागीबाट सम्पुर्ण सरसामन नष्ट हुँदा परिवारमा रहेका सदस्यहरु समेत समस्यामा परेका छन् । दमकल पुगेपछि भने अन्य घरमा आगलागी हुन नपाएको बताइएको छ ।

यो पनि हेर्नुहोस्

भिडियो बनाउने उत्कृष्ट सफ्टवयर–

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*