हाँडीखोला पुल भत्कने डरमा स्थानीय (भिडियो सहित)

१९ माघ २०७५, शनिबार १५:२९
Featured Video Play Icon

मकवानपुर, १९ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीस्थित राप्ति नदिमा जथाभावी रुपमा नदि उत्खनन् गरेपछि हाँडीखोलाबासी त्रसित् बनेका छन् । मनहरी गाउँपालिकाको रजैया र लामिटार जोड्ने पुल भन्दा केही माथि उत्खनन् भएपछि त्यसको असर पुलमा पर्नसक्ने देखिएपछि उनीहरु थप त्रसित बनेका हुन् ।

बिगत ३ दिनदेखि नेवारपानीस्थित राप्ती खोलाका ४ स्थानमा गरी ४ वटा मेसिनले बिहानदेखि साँझसम्म उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् । हाँडीखोलाका प्रकाश राईले सक्नेहरुले सेटिङ मिलाएर खोला खन्दै आ–आफ्नो क्रसरमा लैजाने र बेच्ने गरेको भन्दै आश्चर्य प्रकट गरे । खोला खन्दा बर्षौंको आन्दोलन र मिहनेतबाट ल्याइएको पुलमा असर नहोस् भन्ने स्थानीयको चाहाना रहेको उनले बताए । हेर्नुहोस् भिडियो–

यसअघि घरायसी कामको लागि ढुङ्गा, गिटी, वालुवा लिन खोला जाँदा सर्वसाधारणलाई नियन्त्रणमा लिने प्रहरी प्रशासन यस बिषयमा भने मुकदर्शक बनेर बसेको स्थानीयको आरोप छ । खोलाको उत्खनन् भएको स्थानमा व्यवसायीले युवाहरु समेत परिचालन गरेका छन् । यस बिषयमा प्रहरी तथा पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधिलाई जानकारी गराउँदा कुनै प्रतिक्रिया नआएको स्थानीयले बताए । खोला दोहनमा चलखेल समेत भएको स्थानीयको आरोप छ ।

स्थानीयले सो बारेमा प्रहरी प्रशासन तथा आरक्षका प्रतिनिधिलाई जानकारी दिएता पनि कुनै प्रतिक्रिया नआएको स्थानीयले बताए । पुलको नजिकै भैरहेको उत्खनन्का कारण पुलमा असर पर्न सक्ने भएकोले यसतर्फ सरोकारवाला निकायको बेलैमा ध्यान पुग्नु आवश्यक रहेको उनीहरुले माग गरेका छन् ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*