कुसुम तामाङले जितिन् मिस तामाङ पोखरा २०१९ को ताज

१३ माघ २०७५, आईतवार १५:४७
Kusum Tamang-Miss Tamang Pokhara 2019-Murchunga TV 4

हेटौँडा, १३ माघ । मिस तामाङ पोखरा २०१९ को ताज कुसुम तामाङले जितेकी छिन् । बिरौटा निवासी कुसुमले फाईनल राउण्डका निर्णायक तथा कलाकार एवम् पाईलट विजय लामाको प्रश्नको उत्कृष्ट जवाफ दिँदै ताज जितेकी हुन् ।

कुसुमलाई नेपालको राष्ट्रिय गानको ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ अंशको अर्थ सोधिएको थियो । उनको जवाफलाई निर्णायकले उत्कृष्ट ठहराएपछि उनले ताज पहिरिन सफल भएकी हुन् । उनलाई मिस तामाङ पोखरा २०१८ की बिजेता कविता बोम्जनले ताज पहिराएकी थिईन् । ताजसँगै उनले बेस्ट पर्सानिलिटी टाईटल पनि जितेकी छिन् । उनले नगद ५० हजारसँगै, ताज, ट्रफी र प्रमाणपत्र समेत प्राप्त गरेकी छिन् । कुसुमलाई म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पनि मिल्नेछ ।

प्रतियोगितामा नालामुखका प्रिती तामाङ मिस कन्फिडेण्टको टाइटलसंगै फस्ट रनरअप भएकी छिन् । उनले नगद ३० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् । साथै रामेछापकी सजना वाइवा मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बन्न सफल भएकी छिन् । उनले नगद २० हजार, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्युवर्स च्वाइस अवार्ड समेत जितेकी छिन् । उनले नगद १५ समेत प्राप्त गरेकी छिन् ।Miss Tamang Pokhara 2019-Murchunga TV 1

प्रतियोगितामा बिरौटाकी सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरकी सोफिया स्याङबो मिस पंक्च्युवल, काठमाण्डौ बसोबास गर्ने मकवानपुरकी जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनकी रिस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोककी अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टकी अस्मिता तामाङ बेस्ट वक, काठमाण्डौकी रिता लोप्चन बेस्ट स्माइल, पोखरा लेकसाइडकी मिनु थोकर बेस्ट पर्फमेन्स, पोखरा बुद्धचोककी सोनी तामाङ ब्युटी विथ पर्पोज र सृजनाचोककी आशा तामाङ बेस्ट हेयर टाईटल जित्न सफल भएका थिए । प्रतियोगितामा १४ जना प्रतियोगीहरु सहभागीहरु थिए ।

बैदाम तामाङ समाज पोखराको आयोजनामा भएको प्रतियोगितामा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्र्तराष्ट्रिय मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयकी सह प्रशासकिय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालकी संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ रहेका थिए । सन् २०१६ बाट सुरु भएको प्रतियोगितामा सन् २०१६ को संस्करण निमा लामा, सन् २०१७ मा दिप्ती गोम्जा र सन् २०१८ मा कविता बोम्जनले ताज पहिरिन सफल भएकी थिईन् ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*