हेटौँडाको रियल युनिक कम्प्युटरले २० जनालाई निःशुल्क पढाउने

हेटौँडा, २९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडमा रहेको रियल युनिक कम्प्युटर इन्स्टिच्युटले अपाङ्गता भएका २० जनालाई कम्प्युटर शिक्षा निःशुल्क अध्यापन गराउने भएको छ । इन्स्टिच्युटको २० औं वार्षिक उत्सवको अवसरमा ३ महिने अफिस म्यानेजमेन्ट कम्प्युटर सफ्टवयर प्याकेज निःशुल्क अध्यापन गराउन थालिएको हो ।
आईतबार हेटौँडाको न्यूज क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्सिटच्युटका संचालक भागवत कुमार श्रेष्ठले ‘अपाङ्गतालाई आरक्षण होइन अवसर प्रदान गरौं’ भन्ने नारा सहित निःशुल्क शिक्षा दिन लागेको बताए । हेटौँडा १ का वडाअध्यक्ष सविन न्यौपानेले कार्यक्रममा बोल्दै आफु समेत अध्ययन र अध्यापन गरेको संस्थाले गर्न थालेको नयाँ कामको प्रशंसा गरे ।
माघ महिनाको ३ गते सम्म संस्थाको कार्यालयमा आएर फर्म भरेपछि माघ ६ गतेदेखि नै कम्प्युटर कक्षा सञ्चालन हुने बताइएको छ । पत्रकार सम्मेलनमा क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनी, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
यो पनि हेर्नुहोस्
युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?
रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?
छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?
अशोक दर्जीको खतरा कमेडी भिडियो
स्वस्तिमा र सेड्रिनामा को राम्री ?
दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै
अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)
हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)