हेटौँडामा ए टु जेटको उपहार धमाका

२३ पुष २०७५, सोमबार ०९:४४
A To Z Electronics House-Murchunga TV

हेटौँडा, २३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मेनरोडमा अवस्थित ‘ए टु जेट ईलेक्ट्रोनिक्स हाउस’ ले दशैँ तिहारका अवसरमा सुरु गरेको बम्पर उपहार योजनाको नतिजा सोमबार सार्वजनिक गरिएएको छ ।

कार्यक्रम पसलका सञ्चालक धिरज विक्रम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सोमबार पसलको प्राङ्गणमा आयोजित लक्की ड्रबाट हेटौँडा १० का जीवन डेले प्रथम पुरस्कार ३२ ईन्चको क्यामेरो एलईडी टेलिभिजन प्राप्त गरेका छन् । त्यस्तै दोस्रो पुरस्कार १० ईञ्चको ट्रली बारा जिल्लाको अम्लेखगञ्ज निवासी करण लामाले प्राप्त गरेका छन् । तृतिय पुरस्कार उफर हेटौँडा ११ का सजब अन्सारीले जितेका छन् । चौथो पुरस्कार राडो ब्राण्डको घडी भैँसेका पुर्ण शाहीले जितेका छन् भने बसामाडी निवासी सुशिल पौडेलले पाँचौ पुरस्कार राईस कुकुर जितेका छन् ।

त्यस्तै सान्त्वनातर्फ १५ जनालाई टिसर्ट र १५ जनालाई क्यामेरो ब्राण्डको एलईडी बल्व प्रदान गरिएको छ । साउन २० गतेबाट लागु भएको योजना अन्तर्गतको नतिजा सोमबार लक्की ड्र गरिएको हो । योजनामा ४ सय जनाले सहभागीता जनाएका थिए । कार्यक्रममा बोल्दै सञ्चालक न्यौपानेले विभिन्न चाडपर्वका अवसरमा विभिन्न योजनाहरु सार्वजनिक गरिने बताए । ए टु जेट ईलेक्ट्रोनिक्स हाउसले लामो समयदेखि हेटौँडामा ईलेक्ट्रोनिक्स सामाग्री वितरण गर्दै आईरहेको छ ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*