हेटौँडाका कम्प्युटर प्रशिक्षण संस्थाले विद्यार्थीको प्रमाणपत्रमा क्यानको होलोग्राम टाँस्ने

२३ पुष २०७५, सोमबार ०३:२७
CAN Makawanpur Hologram-Murchunga TV

हेटौँडा, २३ पुस । मकवानपुरका सञ्चालनमा रहेका ९ वटा कम्प्युटर शिक्षा प्रदायक संस्थाले सोमबारबाट विद्यार्थीको प्रमाणपत्रमा क्यानको होलोग्राम दिने भएका छन् । कम्युटर एशोसियन महासंघ (क्यान) मकवानपुरले आईतबार हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुरको ९ वटा इन्सिच्युटहरुले होलोग्राम वितरण गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कम्युटर एशोसियन महासंघका केन्द्रीय सदस्य श्यामकल श्रेष्ठले विश्वसनीय तथा स्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने मकवानपुरको ९ वटा इन्सिच्युटहरुलाई ‘होलोग्राम’ वितरण गर्ने बताए । कार्यक्रममा बोल्दै महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीले होलोग्राम प्राप्त गरेका इन्सिच्युटहरुले आफ्नै कोर्ष डिजाईन गर्नुपर्ने तथा नियमित परिक्षा सञ्चालन गर्नुपर्ने बताए । कोर्षका आधारमा सोधिएको प्रश्नपत्रका आधारमा परिक्षामा सफल विद्यार्थीको प्रमाणपत्रमा मात्र होलोग्राम टाँसिने छ । यो पटक मकवानपुरका १२ वटा इन्सिच्युट मध्ये गुडलक एजुकेशन, रियल युनिक, कलेज अफ इन्फरमेसन टेक्नोलोजी, पेन्टागन एकेडेमी, स्ट्याड कम्प्युटर, आइटेक युनिभ प्लस, एस्कल कम्प्युटर, क्रियटिभ होम्स एण्ड अफिस सोलुसन र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रलाई होलोग्राम वितरण गरिने पुडासैनीले बताए ।

मकवानपुरमा प्रत्येक वर्ष विभिन्न इन्सिच्युटमा गएर करिब ४ हजार विद्यार्थीले कम्प्युटरको बेसिक तथा एडभान्स तालिम लिने गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*