सांसद ओमबहादुर घलान (प्रदीप वालाचन) को संस्मरण संग्रह विमोचन हुने

१९ पुष २०७५, बिहीबार १५:५६
Pradeep Walachan Om Ghalan -Murchunga TV

–चन्द्र घलान / हेटौँडा, १९ पुस । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलान (प्रदीप वालाचन) द्वारा लिखित ‘नलेखिएका गाथाहरु’ संस्मरण संग्रह यही पुस २१ गते काठमाडौँमा विमोचन हुने भएको छ ।

जनयुद्धमा प्रत्यक्ष सहभागी भई भोगेका भोगाईहरु तथा युद्ध मोर्चाहरुको संस्मरण उक्त कृतिमा समावेश भएको बताइएको छ । शनिबार दिउँसो काठमाडौँको अनामनगरमा अवस्थित संवाद डबलीमा दिउँसो १ बजे हुने विमोचन कार्यक्रममा अन्तरसंवाद समेत हुने बताइएको छ । कार्यक्रममा बलराम तिमल्सिना बिप्लव, सरल सहयात्री पौडेल, लेखनाथ न्यौपाने लगायतका वक्ताहरुले अन्तरसंवाद गर्नेछन् ।
Nalekhiyaka Gathaharu Pradeep Walachan-Murchunga TV

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ चौकीटारका स्थायीवासी वालाचन गर्वे ग्लान र गौरीमाया ग्लानका सुपुत्र हुन् । उनका यसअघि नै रणमैदान (कविता संग्रह), मेरो माटो (कविता संग्रह) र सगिर्दा भित्रबाट (कविता संग्रह) प्रकाशित भइसकेका छन् ।

यो पनि हेर्नुहोस्
घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*