कवि मोक्तान थेबा ‘काकलिङ’ र ‘अखण्ड आलाप’ बोकेर हेटौँडामा

८ पुष २०७५, आईतवार ०५:४२
Moktan Theba-Murchunga TV 1

हेटौँडा, ८ पुस । कवि मोक्तान थेबाका दुई कृतिहरु शनिबार हेटौँडामा विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा कवि मुक्तानको कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’ को गृह विमोचन तथा परिचर्चा कार्यक्रम मार्फत उनको कविता कृति विमोचन गरिएको हो ।

४२ वट कविता संग्रहित ‘अखण्ड आलाप’ र तामाङ भाषाका ३८ कविताहरु काकलिङमा संग्रहित छन् । दार्जिलिङसहित स्वेदशका विभिन्न भागमा समेत कृति सार्वजनिक गरिसकेका कवि थेबाको पहिलो पटक गृह जिल्लामा कृति विमोचन गरिएको हो । कार्यक्रममा उनका कृतिका बारेमा प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य कवि निमेष निखिल र कवि यश लामाले ‘अखण्ड आलाप’ र प्रदेश सांसद प्रदिप वालाचनले काकलिङको समिक्षा गरेका थिए ।

Yash Lama-Murchunga TV

तस्बिर–दिलबहादुर लामा

कार्यक्रम कवि मोक्तान थेबाका बुबा सफल कृषक इन्द्र बहादुर मोक्तानको प्रमुख आतिथ्यता तथा संघका मकवानपुर अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रदेश ३ का सांसद प्रेम बहादुर पुलामीसहित जिल्लाका विभिन्न साहित्यकारहरुको सहभागिता रहेको थियो ।

Moktan Theba-Murchunga TV 2

तस्बिर–दिलबहादुर लामा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*