चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा

५ कार्तिक २०७५, सोमबार १०:३०

–चन्द्र घलान
हेटौँडा, ५ कात्तिक ।
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ ।

सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।

‘ आमन्त्रण बिनै सहभागी कार्यक्रमबाट कलाकारितामा पहिलो पाईला’
पुसन संयोगवश कलाकारिता क्षेत्रमा आईपुगिन् । मुर्चुङ्गा टिभीसँगको कुराकानीमा उनले कलाकारिता क्षेत्रमा लाग्दाका समयका रमाईला पलहरु समेत साझा गरिन् ।
‘३ वर्षअघि म एउटा कार्यक्रममा सहभागी भएकी थिएँ, मलाई खासै निमन्त्रणा समेत थिएन । तर त्यहाँ कार्यक्रमको माहोलमा मलाई पनि डान्स गर्न मन लाग्यो,’ उनले भनिन्, ‘साथीलाई म पनि डान्स गर्छु नि मिल्छ भने भनेर मनको कुरा बताएँ, साथीले हुन्छ भने पछि मैले पनि त्यहाँ नृत्य प्रस्तुत गरेँ ।’
पुसनको कुशल नृत्य देखेर कलाकार आस्मान लोप्चनले उनलाई कभर भिडियोका लागि अफर गरे । कभर भिडियोमा सबैको मन जितेपछि कभर भिडियो हुँदै पुसनले म्यूजिक भिडियोहरुमा समेत अवसर पाईन् । अहिलेसम्म ११ वटा भन्दा बढी म्यूजिक भिडियो र २ वटा चलचित्रमा अभिनय समेत गरिसकेकी मोडल पुसनको पहिलो कभर म्यूजिक भिडियो तामाङ सेलो ‘छुकछुके’ हो । प्रेम लोप्चनको शब्द, संगीत र स्वरमा सजिएको यो गीतमा उनको अभिनय देख्न सकिन्छ । त्यस्तै उनको पहिलो चलचित्र चर्चित तामाङ चलचित्र ‘घ्रान’ हो । अहिले उनी ‘बज्र’ चलचित्रमा व्यस्त छिन् ।

सिन्धुलीमा बुवा चक्रबहादुर वाईबा र आमा माया वाईबाको माईली सन्तानका रुपमा जन्म लिएकी पुसनको परिवारमा आमाबुवा सहित एक जना दिदी र एक जना भाई समेत छन् । कलाकारिता क्षेत्रमा पहिले परिवारबाट चाहिए जति सहयोग नपाएपनि अहिले सबैले उनलाई सहयोग गरेको उनी बताउँछिन् । ‘पहिले त्यति सपोर्ट थिएन, तर अहिले मलाई धेरै सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘अहिले मैले यो फिल्डमै केही गर्न सक्छु भन्ने विश्वास दिलाउन सकेकी छु ।’

तामाङ चलचित्र संघको कार्यसमिति सदस्य समेत रहेकी पुसनले ‘छुकछुके’, ‘जोवन १६ को’, चर्चित गायिका मेलिना राईको ‘खुशी छौ र पनि’, हिरा लामाको ‘ल्याङ ल्याङ नगर’ लगायतका चर्चित म्यूजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । उनी अहिले विभिन्न कार्यक्रमहरुमा समेत सहभागी हुँदै आफ्नो नृत्य र अभिनयको जादु छर्दैछिन् । अभिनय र नृत्यमा जमेकी पुसनले भविष्यमा कलाकारितालाई नै निरन्तरता दिने सोच बनाएकी छिन् ।
पुसन अभिनित केही म्यूजिक भिडियोहरु–
मेलिना राईको खुशी छौ र पनि


हिरा लामा दोङको ल्याङ ल्याङ

यमकुमार मल्लको जोवन १६ को

यो पनि हेर्नुहोस्–
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)
‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई अहिलेसम्मकै सर्वाधिक भ्यूज

वडा अध्यक्षको नमूना फुलबारी
निर्मला पन्त सामुहिक बलात्कारको शिकार भएको खुलासा (हेर्नुहोस् भिडियो)

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)

छाती पिटेर श्रीमती रोइरहँदा मरेको लास किन बोलेन ?

हेटौँडामा खुकुरी हानाहान हुँदाको लाईभ भिडियो

दुबईमा अशोक दर्जीको पेट दुख्ने कमेडी

पल र आँचलको प्रेम युद्ध

स्वतिस्तमा र सेड्रिनामा को राम्री ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*