भारतीय अभिनेत्री सोफियाका पुर्व पति पर्फ्यूम शोरुमबाट पक्राउ

८ भाद्र २०७५, शुक्रबार १४:१७

एजेन्सी, ८ भदौ । मोडलबाट भिक्षुणी बनेकी बिग बसकी पूर्व प्रतियोगी तथा एक समय भारतीय अभिनेत्रीका रुपमा उदाएकी सोफिया हयातका पूर्व श्रीमान लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ परेका छन् । पूर्व पतिले धोका दिएको भन्दै सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

सोफियाले पूर्व पतिसँग नाता तोडेको र घर निकाला गरेको जानकारी सोसल मिडियामार्फत दिएकी थिइन् । उनले विवाहको केही महिना पछि नै श्रीमानलाई शैतान बताउँदै पूर्व श्रीमान भ्लाद पूर्ण रुपमा ऋणमा डुबेको र रकम असुल्नका लागि आफूलाई प्रयोग गरिरहेको बताएकी थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*