प्रियंकाले सलमानको फिल्ममा काम नगर्नुको रहस्य यस्तो

१४ श्रावण २०७५, सोमबार ०३:४८
Featured Video Play Icon

एजेन्सी, १४ साउन । । हलिउडमा समेत धुम मच्चाउन सफल बलिउड नायिका प्रियंका चोपडाले सलमान खानको ‘भारत’ नामक चलचित्र छोड्नुको विषयलाई लिएर बलिउडमा ठूलो गसिप बनेको छ ।

मिडियामा आएका समाचारहरुका अनुसार प्रियंकाले आफ्नो ब्वाईफ्रेण्ड निक जोनससँग विवाहको कुरा भइरहेका कारण उक्त चलचित्र छोडेकी हुन् । तर उनले उक्त चलिचत्र छोडेसँगै फरहान अख्तर स्टारर फिल्म ‘द स्काई इज पिंक’ मा साईन गरेपछि भने उनको यो कारण ओझेलमा परेको छ । उनले साईन गरेकी चलचित्रको छायाँकन अगष्ट ८ बाट सुरु हुँदैछ ।

प्रियंकाले अली अब्बास जफरको फिल्म छाड्नुको पछाडि विवाह मुख्य कारण नभई चलत्रिमा उनको भूमिका रहेको गसिप भारतमा चर्चामा छ । सलमान कोस्टार रहने चलत्रिमा उनको भूमिका खासै प्रभावशाली र लामो नभएको समिक्षकहरु बताउँछन् तर शोनाली बोसको फिल्म ‘द स्काई इज पिंक’ मा भने उनी लिड रोलमा छिन् । यसका अलवा चलचित्रमा दिशा पटानी जोडिनु र कट्रिना कैफको दमदार गेष्ट रोल राखिएका कारण उनी चलचित्रबाट बाहिरिएको चर्चा छ । प्रियंका बाहिरीएसँगै सलमानले उनीसँग अब अन्य कुनै चलचित्र नगर्ने घोषणा गरेको समाचार समेत बाहिरिएको छ ।

उनले भूमिकाकै कारण चलचित्र छोडिएको हल्ला चलेता पनि वास्तविक कारण भने खुलेको छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*