नायिका खुशी घिसिङ र नायक सागर घिसिङ म्यूजिक अवार्डको टप ५ मा, यसरी गर्नुस् भोट

५ असार २०७५, मंगलवार ०८:४९

–चन्द्र घलान
मकवानपुर, ०५ असार ।
पछिल्लो समयमा निर्माण भएका दुई चर्चित तामाङ चलचित्रका मुख्य नायक र नायिकाहरु ओएस नेपाल म्यूजिक अवार्ड–२०७५ अन्तर्गत सर्वोत्कृष्ट पुरुष तथा महिला मोडलतर्फ उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । केही समयअघि मात्र सर्लाही जिल्लामा प्रिमियर शो गरिएको तामाङ चलचित्र ‘सेमरिन मुला माया’ का मुख्य नायिका खुशी घिसिङ र यही आउँदो साउन ५ गते काठमाडौँमा प्रिमियर शो तय गरिएको तामाङ चलचित्र ‘घ्रान’ का मुख्य नायक सागर घिसिङ उत्कृष्ट ५ मा परेका हुन् ।

नायिका खुशी घिसिङ चर्चित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ को चर्चित गीत ‘ङ्याल्मो दोसी मिरी छ्याजी’ बोलको गीतबाट उत्कृष्ट ५ मा परेकी हुन् । उनलाई उक्त अवार्डमा जिताउनका लागि OSN टाईप गरी एक स्पेस छोडेर 63C टाईप गरेर ३३००१ मा म्यासेज गर्न सकिनेछ । यही असार १२ गते फाईनल हुने भएकोले जतिसक्दो धेरै एसएमएस गरेर सहयोग गरिदिनका लागि उनले सामाजिक संजालमार्फत आग्रह गरेकी छिन् । एसएमएस भोटिङ अहिलेदेखि नै खुल्ला रहेको छ ।

त्यस्तै नायक सागर घिसिङ प्रदर्शन अगावै चर्चामा रहेको तामाङ कथानक चलचित्र ‘घ्रान’ को चर्चित गीत ‘तिङ मी ढुकढुक’ बोलको गीतबाट उत्कृष्ट ५ मा छनौट भएका हुन् । उनले सामाजिक संजालमार्फत आफुलाई भोट गरिदिनका लागि आग्रह गरेका छन् । उनलाई उक्त अवार्डमा जिताउनका लागि OSN टाईप गरी एक स्पेस छोडेर 64C टाईप गरेर ३३००१ मा म्यासेज गर्न सकिनेछ ।


One thought on “नायिका खुशी घिसिङ र नायक सागर घिसिङ म्यूजिक अवार्डको टप ५ मा, यसरी गर्नुस् भोट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*