पहिलो प्रेममा आधारित ‘धडक’ को ट्रेलर युट्युब ट्रेण्डिङमा

३० जेष्ठ २०७५, बुधबार १४:३०

–चन्द्र घलान
हेटौँडा, ३० जेठ ।
पहिलो प्रेमका विविध पक्षहरुलाई समेटिएको हिन्दी चलचित्र ‘धडक’ को ट्रेलर युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दासम्म यो ट्रेलर युट्युब ट्रेण्डिङ नेपालमा तेस्रो नम्बरमा छ ।

चर्चित मराठी चलचित्र ‘सैराट’ को रिमेकका रुपमा आएको चलचित्रको कथाले किशोराअवस्थाको प्रेमको रोमाञ्चकता, डर र त्यसमा आउने समस्याका बावजुद प्रेम गर्ने जोडीको एकअर्का प्रतिको अटल प्रेमलाई व्याख्या गरेको छ । चलचित्रमा जान्भी कपुर र इसान खत्तरले डेब्यू गर्दैछन् ।
हेर्नुहोस् ट्रेण्डिङ नम्बर २ मा रहेको अवस्थामा मुर्चुङ्गा टिभीले तयार पारेको सामाग्री–

चर्चित हिन्दी चलचित्र ‘हम्टी शर्माका की दुल्हनीया’ र ‘बद्रीनाथकी दुल्हनीया’ का निर्माताहरुद्वारा निर्मित चलचित्र शसांक खैतानको लेखन तथा निर्देशनमा तयार भएको हो । २० जुलाईलाई प्रदर्शन मिति तोकिएको चलचित्र करण जोहरको धर्म प्रोडक्सन, जी स्टुडियोज लगायतको निर्माणमा बनेको हो । चलचित्रमा अजय–अतुलको संगीत छ ।

यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रको ट्रेलरलाई २ करोड ४४ लाख ३९ हजारभन्दा बढी पटक हेरिएको छ । त्यस्तै ४२७ के लाईक र ४३ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

हेर्नुहोस् चलचित्रको ट्रेलर–

यसअघि बनेको चर्चित मराठी चलचित्र ‘सैराट’ भने सन् २०१६ को अप्रिलमा प्रदर्शनमा आएको थियो । उक्त चलचित्र ६६ औँ बर्लिन इन्टरनेशनल चलचित्र महोत्सवमा समेत छनौटमा परेको थियो । चलचित्रमा रिङ्कु राजगुरु र आकाश थोसारको अभिनय रहेको थियो । चलचित्रबाट रिङ्कु राजगुरुले ‘स्पेशल मेन्सन सिक्टी थर्ड नेशनल फिल्म अवार्ड’ समेत पाएकी थिइन् ।
हेर्नुहोस् सैराटको ट्रेलर–

यो पनि पढ्नुहोस्–

‘छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?’

संसारका १० सेक्सी राजनीतिज्ञ, जसको सुन्दरता विश्वमा चर्चित छ

तामाङ चलचित्र ‘घ्रान’ को दमदार ट्रेलर सार्वजनिक, यस्तो देखियो सागर र सुष्माको एक्सन अवतार


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*