कस्तो देखिन्छ अनमोल र उनकी नयाँ हिरोईन् सुहानीको जोडी ?

१८ जेष्ठ २०७५, शुक्रबार १६:३४

हेटौँडा, १८ जेठ । फरक चलचित्रमा फरक नायिकाका साथमा देखिने नायक अनमोल केसीले आगामी नयाँ चलचित्रमा समेत नयाँ नायिकासँग पर्दा सेयर गर्ने भएका छन् । विशेष गरि टिनएज दर्शकहरुका चर्चित अनमोलले चर्चित नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर’ को तेस्रो सेरिज ‘ए मेरो हजुर ३’ मा नयाँ नाियकासँग अभिनय गर्ने भएका हुन् ।

अनमोल र सुहानीको जोडी, तस्बिर–सुहानी र अनमोलको इन्स्टाग्राम र फेसबुकबाट

झरना थापाको निर्देशन रहने चलचित्र ‘ए मेरो हजुर ३’ मा उनले झरनाकै छोरी सुहानी थापासँग अनस्क्रिन रोमान्स् गर्ने भएका हुन् । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाकी छोरी सुहानीको यो डेब्यू चलचित्र हुनेछ । सिनेमाका अन्य कलाकार र टिम फाइनल नभएपनि ‘ए मेरो हजुर २’ का अन्य कलाकार समेत चलचित्रको यो सिरिजमा हुने अनुमान गरिएको छ ।

चलचित्रको चर्चा सुरु भएसँगै अनमोल र सुहानीको जोडी कत्तिको सुहाउँछ भन्ने पनि उनका फ्यानहरुको चासोको विषय बनेको छ । हेरौँ केही तस्बिरहरु, कस्तो देखिन्छ उनीहरुको जोडी ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*