मुख धुँदा यी गल्तीहरु त गरिरहनु भएको छैन ?

१२ जेष्ठ २०७५, शनिबार १०:५६

एजेन्सी, १२ जेठ । मुख धुने काम सबैले दैनिक रुपमा पटक पटक गर्ने काम मध्येमा पर्छ । तर दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि हामीले गल्ती गरिरहेका छौं भन्ने कुरा धेरैलाई ज्ञान हुँदैन । हामीले मुख धुनकालागि विभिन्न विधिहरु अपनाउँछौँ । त्यतिमात्र हैन बजारमा पाईने विभिन्न किसिमका माउथ क्लिनरहरुको पनि हामी प्रयोग गर्ने गर्छौँ । तर यसो गर्दा पनि हामीले मुख धुँदा विभिन्न गल्तीहरु गरिरहेका हुन्छौं । तपाईँले पनि मुख धुँदा यी गल्ती गरिरहनु भएको त छैन ?

१) अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् । अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ र छालाको समस्या देखापर्छ । ध्यान दिनुस्– जब अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२) फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् । अनुहार सफा गर्दा हतार नगर्नुस् । सधै राम्रोसँग अनुहार सफा गर्नुहोस् । अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् । अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

३) अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् । अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आप्mनो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् । अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्ने गर्नुपर्छ । अन्यथा त्यसको असर नराम्रो हुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*