तामाङ चलचित्र ‘का ला दाग’ लाई करिब २ लाख भ्यू (भिडियो सहित)

१० जेष्ठ २०७५, बिहीबार १७:१५

–चन्द्र घलान
मकवानपुर, १० जेठ ।
तामाङ भाषामा निर्मित तामाङ कथानक चलचित्र ‘काला दाग’ लाई युट्युबमा करिब २ लाख भ्यू प्राप्त भएको छ । ‘को म्हेन्दो मिडिया हाउस’ को अफिसियल युट्युब च्यानल मार्फत मार्च १ तारिखमा युट्युबमा रिलिज गरिएको यो चलचित्रलाई यो समाचार तयार पार्दासम्म १ लाख ७४ हजार २ सय ९८ पटक भन्दा बढी हेरिएको छ ।

चलचित्रमा कुमार मोक्तान तामाङ, सिता लामा, बसन्त मोक्तान, बिकु थोकर, बुद्ध लामा, अमर लामा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

चन्द्रलाल दोङ र वसन्त मोक्तान (नोर्साङ) को निर्माणमा बनेको चलचित्रको कथा प्रकाश लामाले लेखेका हुन् । चलचित्रमा शंकर महर्जनको द्वन्द रहेको छ भने शंकर महर्जनले चलचित्रको निर्देशन गरेका हुन् ।

जोगलाल लामा र निमा दोङको संगीत रहेको चलचित्रका गीतहरुमा विशाल काल्तान, सन्तोष लामा, जितु लोप्चन, बबिता पाख्रिन र विरेन्द्र दोङले आवाज दिएका छन् । चलचित्रमा सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।
हेर्नुहोस् चलचित्र–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*