यौन क्षमता बढाउन यी कुराहरु सेवन गर्नुहोस्

१० जेष्ठ २०७५, बिहीबार ११:३३

एजेन्सी, १० जेठ । लामो समयसम्म सम्भोगकलामा लिप्त रहन खोज्नु नव जोडीहरुको लागि चाहानाको विषय हुनसक्छ । तर शारिरिक स्फुर्तीबिना यस्तो सोच्न सकिन्न । जीवनसाथीसँगको अन्तरंग पललाई आनन्ददायक बनाउनका लागि चरमसुखका समयसम्मै टिकीरहनु आवश्यक हुन्छ । शारिरीक व्यायामसँगै केही खानेकुराहरुको नियमित सेवनले तपाईको यौन स्वास्थ्यमा समेत राम्रो सहयोग पुराउँछ । यदि तपाई तपाइँको सेक्स ड्राइभ अर्थात यौन ईच्छा बढाउन चाहानुहुन्छ भने यी खानेकुराहरु नियमित सेवन गर्नुहोस् ।

१) दालचिनी–दालचिनीले मानिसमा यौन ईच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ, खासगरी पुरुषमा यसको प्रभाव राम्रो पर्छ । तसर्थ दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु अति उत्तम मानिन्छ ।

२) खरबुजा– खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पर्याप्त पाइन्छ । साथै खरबुजालाई यौनबद्र्धक पनि मानिन्छ । फलफूलमा यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग पुराउने अनुसन्धानहरुमा देखिएको छ ।

३) पालुंगो–पालुंगोको सेवनले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाउँदछ र मूड पनि राम्रो बनाइदिन्छ । यसमा पाइने म्याग्नेसियम लगायतका लवणले रक्तनली सुन्निने समस्या हटाइदिन्छ जसका कारण रक्तप्रवाह बढ्दछ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ । त्यसैले नियमित रुपमा पालुंगोको सागको सेवन गर्ने महिलामा चरम आनन्द छोटो समयमै प्राप्त हुने शोधकर्ताहरु बताउँछन् ।

४) फर्सी–फर्सीको नियमित सेवनले पुरुषहरुमा यौन क्षमता बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ । फर्सीको बियाँमा शरीरलाई आवश्यक ट्रिप्टोफ्यान नामक एमिने एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा शरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । जुन मानिसमा यौन क्षमता वृद्धिमा महत्वपूर्ण हुन्छ ।

५) चकलेट–चकलेटलाई रोमान्टिक गिफ्ट पनि मानिन्छ । यसको वैज्ञानिक कारण छ । किनकी चकलेटमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ । चकलेटको सेवनले शरीरबाट मूड जगाउने रसायनको उत्पादन हुन्छ । जसका कारण मानिसमा यौन ईच्छा प्रकट हुन्छ ।

६) खुर्सानी–खुर्सानीले उपापचयनलाई बढाइदिन्छ । जसका कारण इन्डोफिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट शरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्दछ । यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्तप्रवाह बढ्न जान्छ ।

७) अदुवा–अदुवाले पनि रक्तप्रवाह बढाउने तथा धमनीहरुलाई स्वस्थ राख्नमा सहयोग पूराउँदछ जसका कारण मानिसको यौन इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।

८) केरा–केरा पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत हो । उच्च सोडियमयुक्त खानेकुराले शरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौन ईच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले नुनको खराब असर घट्न जान्छ र रक्तप्रवाहमा वृद्धि हुन्छ । जसको फाईदा यौन स्वास्थ्यमा पर्छ ।

९) आलु–आलुमा पनि पर्याप्त मात्रामा पोटासियम पाइन्छ । यसले रक्तप्रवाह बढाउँदछ । जुन स्वभावतः यौनक्षमता वृद्धिमा सहयोगी बन्दछ ।

१०)
ग्रिन टी–ग्रिन टी मा क्याटेचिन्स नामक यौगिक पर्याप्त मात्रामा पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । साथै यो यौगिकले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाएर यौनेच्छामा वृद्धि गर्ने काम गर्दछ । यसले रक्तनली तथा कोशिकाहरुमा क्षति पूराउने फ्रि रेडिकल्स नष्ट गर्न पनि सहयोग गर्दछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*