‘मैच्याङलाई देखेपछि च्याङ्बाको हर्कत’ (भिडियो)

३१ बैशाख २०७५, सोमबार ०५:०८

–चन्द्र घलान
हेटौँडा, ३१ बैशाख ।
तामाङ कथानक चलचित्र ‘ङिङ्जे’ को ‘डम्फुमी राप्सी’ बोलको गीतले युट्युबमा चर्चा कमाउन सफल भएको छ । गीतमा चलचित्रका नायक अमिर दोङ र नायिका सुस्मा थिङसहित अन्य कलाकारहरुको अभिनय छ ।

हेर्नुहोस् गीतको म्यूजिक भिडियो–

चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म ३३ हजार १ सय ७० पटकभन्दा बढी हेरिएको छ । गीतमा रोशन लामा र जीतु लोप्चनको आवाज रहेको छ । गीतको शब्द रुपेन मोक्तानले लेखेका हुन् । गीतमा रोशन लामाको संगीत रहेको छ । चलचित्रको यस अघि नै दुई अन्य गीत समेत सार्वजनिक भइसकेको छ । चलचित्रको कथा र स्क्रिप्ट ऋतुराज पाख्रिनले लेखेका छन् ।

अमिर दोङको निर्देशन रहेको चलचित्रमा अमिरसँगै सुश्मा थिङ,रुपा एस घले, पुष्पाञ्जली लोप्चन, कुइसङ रुम्बा, पदम दोङ, मोनिका मोक्तान, अनिता नेगी, रञ्जिता लामा, सोम मोक्तान, बाल कलाकारमा सजिना लोप्चन लगायतको अभिनय रहेको छ ।

ङिङ्जेको गीतमा कलाकारको अभिनय, तस्बिर–गीतबाट

चलचित्रका कार्यकारी निर्माता तेनेराज दोङ र प्रबिन घिसिङ हुन् । छायांकन तथा सम्पादको जिम्मा विक्रम लामा मोक्तानले लिएका छन् । चलचित्रमा राजु दोङको द्वन्द र कृष्ण ब्लोनको कोरियोग्राफी रहेको छ । चलचित्रलाई रञ्जिता लामा र दिपेन्द्र लोप्चन तामाङले निर्माण गरेका हुन् ।

ङिङ्जेको गीतमा कलाकारको अभिनय, तस्बिर–गीतबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*