माया गर्ने जोडीको रोजाईमा ‘एदेन ङाला चु मायामी’

३० बैशाख २०७५, आईतवार १६:५२

–चन्द्र घलान
हेटौँडा, ३० बैशाख । तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘एदेन ङाला चु मायामी’ बोलको गीतलाई प्रेम गर्ने जोडीहरुले रुचाएका छन् । प्रेमिल शब्दहरुसँगै आकर्षक छायाँकनले दर्शकको मन जित्न सफल भएको छ । गीतमा चलचित्रका नायक बुद्ध थिङ र नायिका रोशनी ब्लोनको मन जित्ने अभिनयलाई देख्न सकिन्छ ।

हेर्नुहोस् गीतको म्यूजिक भिडियो–

चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १५ हजार ७ सय २ पटकभन्दा बढी हेरिएको छ । गीतमा आशुसेन लामा र शशिकला मोक्तानको आवाज रहेको छ । गीतको शब्द हस्तबहादुर तामाङले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् । चलचित्रमा मानिस जन्मने बित्तिकै टुहुरो नहुने तर परिस्थितिले टुहुरो बनाउने कुरालाई पर्दामा उतारिएको छ ।

छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रमा छोईसाङ बम्जन र सजिता दोङसहित छोईसाङ बम्जन,सजिता दोङ लगायतका कलकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*