‘टुहुरोला ल्हुई’ को नयाँ गीतमा छोईसाङ र सजिताको रोमान्स

२९ बैशाख २०७५, शनिबार १७:२४

–चन्द्र घलान
हेटौँडा, २९ बैशाख ।
तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘चुँई चुँई ङोसी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका नायक छोईसाङ बम्जन र सजिता दोङको नृत्य सहितको रोमान्सलाई देखाइएको छ ।

हेर्नुहोस् गीतको म्यूजिक भिडियो–

सार्वजनिक गीतमा नायिका सजिताले नायकलाई नै पछाडि पारेको प्रष्ट देखिन्छ । अभिनयमा पनि उनी अब्बल देखिएिकी छिन् । सार्वजनिक भएको गीतमा जगत घिसिङ र शशिकला मोक्तानको आवाज रहेको छ । डान्सीङ जेनरमा निर्मित गीतको शब्द डुप्साङ लामाले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

मे ९ तारिखमा युट्युबमा अपलोड गरिएको चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म २ हजार ३९ पटक हेरिएको छ । भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् ।
छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रको यस अघि नै ‘एदेन ङाला चु माया मी’ बोलको गीत सार्वजनिक भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*