चर्चित बन्दै ऋतु तामाङको म्हेन्दोमाया गीत ‘स्यामा गुनेरी’

२८ बैशाख २०७५, शुक्रबार १७:१४

मकवानपुर, २८ बैशाख । ल्हा लुङ मिडिया ग्रुपको प्रस्तुतिका रुपमा सार्वजनिक गरिएको ‘स्यामा गुनेरी’ बोलको म्हेन्दोमाया गीतले युट्युबममा चर्चा कमाउन सफल भएको छ । मोडलका रुपमा समेत चर्चा कमाउन सफल गायिका ऋतु वाईबा तामाङ र चलमान माम्बाको आवाज रेहको यो गीत मे ९ तारिखमा युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।

हेर्नुहोस् म्यूजिक भिडियो–

यो समाचार तयार पार्दासम्म यो गीतलाई ५ हजार ४ सय ९१ नब्बे पटकभन्दा बढी हेरिएको छ । युट्युबमा अपलोड गरेको २ दिनमै भ्यू बढ्दै गएकोले यो गीतले थप चर्चा पाउने देखिन्छ । गीतमा शब्द तथा संगीत शैलप वाईबा तामाङको रहेको छ भने गीतलाई पवन वाङ लामाले एरेन्ज गरेका छन् ।

तस्बिर–गीतको म्यूजिक भिडियोबाट

दिपेन्द्र भट्टको छायांकन तथा सम्पादनमा निर्मित गीतको भिडियोमा सुन्दर नृत्य समेत प्रस्तुत गरिएको छ । भिडियोलाई एमबी गुरुङले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा ऋतुसँगै एरिन तामाङ, डोल्मा तामाङ र एमबी गुरुङले अभिनय गरेका छन् ।

तस्बिर–गीतको म्यूजिक भिडियोबाट

तस्बिर–गीतको म्यूजिक भिडियोबाट

तस्बिर–गीतको म्यूजिक भिडियोबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*