मुटुदेखि मुटुसम्म

४ बैशाख २०७५, मंगलवार ०३:५८

निबन्ध
-चन्द्र घलान

जब जब रात छिप्पिँदै जान्छ तब आफ्नो मान्छेको याद बढ्दै जान्छ । भौगोलिक रुपमा जतिसुकै टाढा भए पनि हामी आफ्नो मान्छेको यादमा झोक्राएर बसिरहेका हुन्छौँ एक्लै , निरश अनि अँध्यारो कोठाको चारभित्ताहरुको बिचमा कैदी झँै । चिसो रातको प्रहर परिवर्तनसँगैँ झन्झन् याद बढ्दै जान्छ ।

आकाशको जुनले पनि चिहाउँछ हाम्रो निरश मुहारमा अनि खोज्छ छेवैमा रहेको हाम्रो आफ्नो मान्छे कहाँ छ भनेर । सायद हाम्रो आफ्नो मान्छेलाई हाम्रो वरिपरि नदेख्दा त्यो जुन पनि निराश हुँदो हो , आकाशका ताराहरु पनि चुपचाप शान्तरुपमा झल्मलाउँदो हो ।

सक्ने भए यी हावाहरुसँगै मायाका आयामहरु अनि मायाका न्यानोपनहरु मिसाएर हाम्रो आफ्नो मान्छेसम्म पुराउँथ्यौँ होला हामी तर विवश यी रातहरुमा मनमै दबिन्छन् हाम्रा भावनाहरु अनि मायालु आभाषहरु । थाहा छैन तपाई के गर्नुहुन्छ यस्तो बेला तर जब जब म मेरी कालीलाई सम्झन्छु तब म खोज्छु एउटा माध्यम जसले पुराउन सकोस् मेरो मायाका आभाषहरु उनको मुटुले आभाष गर्ने गरी जसले पुराउन सकोस् मेरा हरेक आँशुका अनुत्तरित प्रश्नहरु मुटुदेखि मुटुसम्म ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*