‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई १ लाख बढी भ्यूज

२ बैशाख २०७५, आईतवार ०९:०७

–चन्द्र घलान
हेटौँडा, ०२ बैशाख । तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतलाई युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख ११ हजार ४३ पटकभन्दा बढी हेरिएको छ ।

विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ ।

चलचित्रमा सुकुमाया मोक्तानसँगै सागर घिसिङ, शम्भु घिसिङ, विकास स्याङतान, सुष्मा मोक्तान,सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।


तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको संस्कृति,सामाजिक जीवन यापनका र सामासाहिक बिषय बस्तुमा आधारित कथालाई चलचित्रमा उतारिएको निर्मात्री तथा नायिका सुकुमाया मोक्तानले जानकारी दिएकी छिन् ।

तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र द्यासुरले गरेका छन् ।
हेर्नुहोस् गीत–

तस्बिर–चलचित्रको गीतबाट

तस्बिर–चलचित्रको गीतबाट

तस्बिर–चलचित्रको गीतबाट