चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

२ बैशाख २०७५, आईतवार ०८:३३

–चन्द्र घलान
काठमाडौँ, ०२ बैशाख ।
प्रेमकथामा आधारित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ को वियोगान्त ‘दुःखन दुःखला ल्हुई’ बोलको गीत चर्चित बनेको छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १२ हजार ३६ पटकभन्दा बढी हेरिएको छ ।

विश्व शान्त र जीतु लोप्चनको आवाजमा रहेको गीतमा वैदेशिक रोजगारीका क्रममा प्रेमीप्रेमिकाको बियोग देखाईएको छ । दुई भाषामा तयार हुने चलचित्रको यो गीतमा सम्झना लामाको शब्द रहेको छ ।

गीतमा सञ्जय लामा हुट्ट र खुशी घिसिङको अभिनय देख्न सकिन्छ । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झनामा लामा,सितल तामाङ र लोसाङ लामाले निर्माण गरेका हुन् । चलचित्रमा नायिका संगीता दोङ, खुशी घिसिङ र सञ्जय लामा हुट्ट लगायतको अभिनय रहेको छ ।

 

तस्बिर–चलचित्रको गीतबाट

हेर्नुहोस् गीत–

तस्बिर–चलचित्रको गीतबाट


2 thoughts on “चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*