तामाङ चलचित्र ‘छार ग्यालम’ निर्माण सुरु, नेपाली भाषामा समेत प्रदर्शन हुने

२ बैशाख २०७५, आईतवार ०८:१०

काठमाडौँ, ०२ बैशाख । तामाङ कथानाक चलचित्र ‘छार ग्यालम’ (नयाँ बाटो) को निर्माण औपचारिक रुपमा सुरुवात भएको छ । शनिबार स्वयम्भुमा नयाँ वर्षको अवसर पारेर चलचित्रको सुरुवात भएको घोषणा गरिएको हो ।

चलचित्रमा कुमार मोक्तान, सुकुमाया मोक्तान, राहुल मोक्तान, संगीता दोङ, हस्तबहादुर गोले, दीपा वाईबा लगायतका कलाकारहरुले अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई नेपाली भाषामा समेत अनुवाद गरेर प्रदर्शन गरिनेछ ।

कोरियोग्राफरबाट चलचित्र निर्देशनमा हात हालेका सागर लामा (गोले) को निर्देशनमा कोशीपारी फिल्मस् प्रा.लि.को ब्यानरमा चलचित्रको निर्माण हुन लागेको हो । चलचित्रका निर्माता राहुल मोक्तान र दीपा वाईबा हुन् ।

काठमाडौं लगायत कुलेखानी तथा काभ्रेका विभिन्न स्थानहरुमा चलचित्रको छायाँकन गरिनेछ । चलचित्रलाई लक्ष्मण घिमिरेले खिच्नेछन् भने राजु किराँतको द्वन्द रहनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*